कोहलीलाई पछि पार्दै बाबर शीर्ष स्थानमा

पाकिस्तानका कप्तान बाबर आजमले भारतिय क्रिकेट टिमका कप्तान विराट कोहलीको लामो शासनकालको अन्त्य गर्दै एकदिवसीय ब्याट्सम्यानको शीर्ष स्थनामा उक्लिएका छन् ।

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार जारी गरेको बरियातामा आजम शिर्ष स्थानमा उक्लिएका हुन् । उनी आईसीसी एकदिवसीय ब्याट्सम्यानको शीर्ष स्थानमा पुग्ने चौथो पाकिस्तानी ब्याट्सम्यान समेत बनेका छन् । यस अघि जहिर अब्बास, जावेद मियाँदाद र मोहमद युसुफ वरीयताको शीर्ष स्थानमा पुगेका थिए ।

२६ वर्षीय बाबरले सेन्चुरियनमा दक्षिण अफ्रिकाविरूद्ध आर्इसीसी पुरुष क्रिकेट विश्व कप सुपर लिग श्रृंखलाको अन्तिम खेलमा ८२ बलमा ९४ रन जोड्दा १३ अंक प्राप्त गरेका थिए ।

कुल ८६५ रेटिङ्ग अंक सहित बाबर शिर्ष स्थनमा हुँदा दोस्रो स्थानमा रहेका कोहलीको ५ सय ५८ अंक रहेको छ । कोहली यस अघि वरियाताको शीर्ष स्थानमा थिए ।

नयाँ वरियातामा भारतका रोहित शर्मा तेस्रो स्थानमा यथावत रहँदा चौथौ स्थानमा न्युजिल्याण्डका रोस टेलर रहेका छन् । रोहित र रोसको क्रमस ८२५ र ८०१ रेटिङ्ग पोईन्ट रहेको छ ।

वरियाताको पाँचौं स्थामा अष्ट्रेलियाका कप्तान एरोन फिन्च , छौंठो, सातौं र आठौं स्थानमा क्रमस् इङ्गल्याण्डका जोनी व्यारोस्टो पाकिस्तानका फखर जमान, दक्षिण अफ्रीकाका फाफ डु प्लेसिस रहँदा अष्ट्रेलियाका डेभिड वार्नर नवौं र वेस्ट इण्डिजका शाई होप १० औं स्थानमा रहेका छन् ।

बलिङ तर्फ शीर्ष स्थानमा न्युजिल्याण्डका ट्रन्ट वोल्ट यथावत छन् भने दोस्रोमा अफगानस्थानका मुजीब उर रहमान र तेस्रो स्थनामा न्युजिल्याण्डका म्याट हेनरी रहेका छन् ।

अलराउण्डर तर्फ शिर्ष स्थानमा बंगलादेशका शाकिब अल हसन रहेका छन् भने दोस्रो स्थानमा इङ्गल्याण्डका वेन स्टोक्स र तेस्रो स्थानमा अफगानस्थानका मोहम्मद नावी यतास्थानमा यथावत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :