एकै दिन भारतका ३० बक्सर कोरोना संक्रमित

एशियन बोक्सिङ्ग च्याम्पियनशिपको तयारीमा रहेका भारतका ३० महिला बक्सरहरुमा कोरोना संक्रमण देखिएको छ ।

आगामी मे २१ बाट भारतमा आयोना हुने एशियन बक्सिङ्ग च्याम्पियनशिपको तयारीमा रहेका ३४ जना बक्सरहरु मध्य ३० जना संक्रमित भएको भारतिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

च्याम्पियनशिपको तयारीमा रहेका बक्सरहरु संक्रमित भएपछी भारतको बक्सिङ्ग सँघले तत्कालै राष्ट्रिय शिविर स्थगित गरि संक्रमित बक्सरहरुलाई आईसोलेट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :