इभान्स मोन्टे कार्लाे मास्टर्सको सेमिफाइनलमा

बेल्जियमका डेभिड गफिनलाई हराउँदै बेलायतका डान इभान्स् मोन्टे कार्लाे मास्टर्स टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबार राति सम्पन्न क्वार्टरफाइनल खेलमा गफिनबिरुद्ध एक सेटले पछि परेको अवस्थालाई उल्ट्याउँदै इभान्सले प्रतियोगिताको अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।

इभान्स्ले यसअघिको चरणमा नोभाक जोकोविकलाई ५–७,६–३ र ६(४ को सेटमा हराउँदै करियरको सबैभन्दा ठूलो जित हासिल गरेका थिए ।

क्वार्टरफाइनल खेलको फाइनल सेटमा ४–४ को अवस्थालाई तोड्दै सर्भिस आफ्नो पकडमा राखेका इभान्सले म्याच पोइन्ट जितेका थिए । गफिनलाई उनले २ घण्टा ४६ मिनटमाको समय लिएर हराएका हुन् ।

मास्टर्स सिरिजमा पहिलोपटक सेमिफाइनल पुगेको इभान्सले फाइनल प्रवेशका लागि स्टेफानोस सिट्सिपासको सामना गर्नेछन् ।

यस्तै पुरुष डबल्सको शनिबार हुने सेमिफाइनलमा इभान्स र निल स्कुप्स्कीको जोडीले खेल्नेछ ।

यो पनि पढ्नुहोस् :  पञ्जाबमाथि चेन्नइको सहज जित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :