पञ्जाबमाथि चेन्नइको सहज जित

इण्डियन प्रिमियर लिग (आइपीएल)मा चेन्नइ सुपर किङ्गसले पञ्जाब किङ्गसमाथि सहज जित दर्ता गरेको छ ।

शुक्रबार राति सम्पन्न खेलमा चेन्नइले पञ्जाबमाथि ६ विकेटको सहत जित हासिल गरेको हो ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै जम्मा १०६ रनको सामान्य योगफल तयार पारेको थियो ।

पञ्जाबलाई सामान्य योगफलमा रोक्ने क्रममा चेन्नइका दिपक चहारले मात्र १३ रन खर्चिएर ४ महत्वपूर्ण विकेट झारेका थिए ।

पञ्जाबको इनिङ्गमा शाहरु खानले ३६ बलमा ४७ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले गतिलो ब्याटिङ्ग गर्न सकेनन् ।

यता १०७ रनको सामान्य लक्ष्य पछ्याएको चेन्नइले ४ विकेट गुमाएर ४ ओभरको खेल बाँकी रहँदा नै निर्धारित लक्ष्य पूरा गर्याे ।

उसका लागि इङ्गल्याण्डका मोइन अलिले ३१ बलमा ४६ रनको योगदान गर्दा फाफ डुप्लेसिसले ३३ बलमा ३६ रनको नटआउट पारी खेले ।

यस सिजनको आइपीएलको आफ्नो पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग हार बेहोरेको चेन्नइले दोश्रो खेलमा शानदार पुनरागमन नतिजा निकाल्न सफल बन्यो ।

यो खेल कप्तान महेन्द्रसिंह धोनीका लागि चेन्नइबाट खेलेको २००औं खेल समेत हो ।

जितसँगै २ खेलमा २ अंक जाडेको चेन्नइ अंक तालिकाको दोश्रो स्थानमा छ । यता पञ्जाबको पनि २ खेलमा २ अंक भएपनि सातौ स्थानमा छ ।

यो पनि पढ्नुहोस् :  त्रिकोणात्मक टि–२० सिरिजको ट्रफी सार्वजनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :