युथ विश्व च्याम्पियनसिप बक्सिङ्गमा सुस्माको ऐतिहासिक जित

पोल्याण्ड । आइबा महिला तथा पुरुष युथ विश्व बक्सिङ्ग च्याम्पियनसिपको प्रिलिमिनरी चरणको खेलमा नेपालकी सुस्मा तामाङ्गले विजयी शुरुवात गरेकी छिन् ।

पोल्याण्डमा जारी च्याम्पियनसिप अन्तर्गत शनिबार भएको प्रिलिमिनरी चरणको लाइट फ्लाइ ४८ केजी तौल समूहको खेलमा सुस्माले लिथुवानियाकी बजालिते डिजालाई हराएकी हुन् ।

सुस्माले तेश्रो राउण्डमा आरएससीको आधारमा बजालितेलाई हराउँदै क्वार्टरफाइल चरणमा प्रवेश गर्न सफल भएकी छिन् ।

बाउटको पहिलो र दोश्रो राउण्डमा प्रभाव पारेकी सुस्माले तेश्रो राउण्डमा कडा प्रहार गरेपछि विपक्षी बजालितेलाई रेफ्रिले दुइृपटक काउन्ट गर्नु परेको थियो । तयसपछि रेफ्रिले खेल नै स्थगित गरी सुस्मालाई आरएससीको आधारमा विजेता घोषित गरेका थिए ।

आरएससी प्रक्रिया भनेको विपक्षीले फाइटको बिचमा खेल्न नसक्ने भएपछि रेफ्रिले निर्णायक भुमिका निवार्ह गर्दे अर्काेपक्षलाई जितेको घोषणा गर्नु हो ।

अब सुस्माले क्वार्टरफाइनलमा पोल्याण्डकी कुच्ज्वेस्का नतालिया डोमिन्कासँग प्रतिस्पर्धा गर्नेछिन् ।

यस खेलमा सुस्माले जित हासिल गरेमा नेपालले आइबा महिला तथा पुरुष युथ विश्व बक्सिङ्ग च्याम्पियनसिपमा ऐतिहासिक पदक हात पार्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :