राष्ट्रिय महिला भलिबल :एपीएफ र पुलिस सेमिफाइनलमा

तातोपानी । विभागी क्लब एपीएफ भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

भोटेकोसी गाँउपालिका वडा नम्वर २ स्थित तातोपानी आधारभुत विद्यालयको खेल मैदानमा बिहीबार भएको समूह ‘बी’ को विभागीय डर्वीमा एपीएफले नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

एपीएफ समूह ‘बी’ को विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । खेलमा पहिलो सेट गुमाएको एपएफले राम्रो पुनरागमन गर्दै जित आफ्नो पक्षमा पारेको हो ।

पहिलो सेट पहिलो सेट २२–२५ ले गुमाएको एपीएफले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–२१ र चौंथो सेट २५–१५ ले आफ्नो पक्षमा पार्दै समूह विजेता बन्दै सेमिफाइनल पुगेको हो ।

समूह ‘बी’ मा दुई टोली मात्रै रहेको पराजित पुलिस समूह उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

एपिएफले अब समूह ‘ए’ को उपविजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ । एपएफलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेकी सरस्वती चौधरी खेलको प्लेयर अफ दि म्याच बनिन् ।

यस्तै आज नै भएको समूह ‘ए’ को खेलमा त्रिभुवन आर्मी क्लबले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।

आर्मीले ढोरपाटनमाथि २५-१०,२५-८ र २५-१२ को सेटमा जित निकाल्दा खेदको प्लेयर अफ दि म्याच सुनिता खड्का बनिन् ।

प्रतियोगितामा ती विभागीयसहित ५ टोलीले सहभागि छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा होंगान्जी न्यु डायमन्ड, त्रिभुवन आर्मी र ढोरपाटन ट्रेनिङ सेन्टर छन् । त्यस्तै समूह ‘बी’ मा नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लब रहेका छन् । लिग चरणपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको विजेताले ३ लाख, दोस्रो हुनेले २ लाख र तेस्रो हुनेले १ लाख उपाधिसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । चौथो हुने टोलीले ५० हजार प्राप्त पाउनेछ । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले २० हजार प्राप्त गर्नेछन् ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सर्भर, डिफेन्स, ब्लकर, सेन्टर र प्रशिक्षकले ७–७ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले २ हजार पुरस्कार पाउनेछन् ।

प्रतियोगिता आयोजनाको लागि कुल २८ लाख खर्च हुने अनुमान गरिएको छ । आयोजनाका लागि भोटेकोशी गाउँपालिकाले ५ लाख रुपैयाँ छुट्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :