एपिएफलाई राष्ट्रिय महिला भलिबलको उपाधि

तातोपानी । विभागीय टिम नेपाल एपिएफ क्लबले भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

सिन्धुपालल्चोकको भोटेकोशी गाँउपालिका वडा नम्वर २ स्थित तातोपानी आधारभुत विद्यालयको खेल मैदानमा शनिबार भएको फाइनल खेलमा एपिएफले न्यु डायमण्ड एकेडेमीलाई ३-० को सेटमा पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो ।

निकै प्रस्पिर्धात्मक बनेको खेलमा उपाधि जित्ने क्रममा एपिएफले डायमण्डलाई २५-२२, २५-१६ र २५-१४ को सेटमा हराएको हो ।

जितस्रँगैै विजेता एपिएफले ३ लाख उपाधिसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै दोस्रो भएको डायमण्डले २ लाखमा चित्त बुझायो ।

यस्तै आज नै भएको पहिलो खेलमा त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई ३-० को सेटमा पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान हाँसिल गरेको थियो ।

आर्मीले पुलिसलाई पहिलो सेटमा २६–२४, दोस्रामा २५–२१ र तेस्रो सेटमा २५–२३ ले पछि पार्दै जित आफ्नो पक्षमा पारेको थियो ।

तेस्रो स्थान हाँसिल गरेको आर्मीले १ लाख रुपैयाँ प्राप्त गर्दा सान्तोना अर्थात् चौथो भएको पुलसले ५० हजारमा चित्त बुझायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :