ऐतिहासिक जितसिहत घरेलु मैदानमा नेपाललाई ११ बर्ष पछी उपाधी

काठमाडौं । काठमाण्डौमा सम्पन्न त्रिकोणात्मक टी -२० क्रिकेट श्रृंखलाको उपाधी घरेलु टोलि नेपालले जितेको छ । नेपालले नेदरल्याण्ड्समाथी १ सय ४२ रनको विशाल जित हात पारेको हो ।

फाईनल खेलमा नेपालले प्रस्तुत गरेको २ सय ३९ रनको लक्ष्य विशाल लक्ष्य पछ्यएको नेदरल्याण्ड्स १७ ओभर २ बलमा अलआउट हुदै ९६ रन मात्र जोड्न सकेपछी नेपालले सहज जित सहित उपाधी उचालेको हो ।

यो नेपालको सबै भन्दा बढी रन अन्तरको जित हो । यसअघि २०१९ डिसेम्वरमा नेपालले १३ औं सागमा भुटानलाई १ सय ४१ रनले पराजित गरेको थियो ।

नेपाल सामु निकै कम्जोर प्रदर्शन गरेको नेदरल्याण्ड्सका लागी सेबास्टियान ब्राटेले सर्वाधिक २६ रनको अविजित पारी खेले भने म्याक्स ओ डाडले २० रन र कप्तान पिटर सिलारले १३ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपाललाई सहज जित दिलाउन करण केसीले ३ विकेट, सन्दिप लामिछाने र कमलसिंह ऐरीले २–२ विकेट हात पारे भने अभिनाष बाहोराले १ विकेट लिए । नेपालले ३ विकेट रन आउटको रुपमा पाँयो ।

यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३८ रनको योगफल तयार पारेको थियो ।

यो नेपालले टी–२० अन्तर्राष्ट्रियमा तयार परेको सर्वाधिक स्कोर हो ।

नेपालका लागी विशाल योगफल तयार पार्न कुशल भुर्तेलले सर्वाधिक ७७ रनको अर्धशतकिय पारी खेले । कुशलले ५२ बलमा ८ चौका र ३ छक्का सहित ७७ रन जोडे ।

यस्तै कप्तान ज्ञानेन्द्र मल्लले ३३ रनको गोगदान दिदा आशिफ शेख १६ रनमा मैदान बाहिरिए ।

कुशल मल्ल ५० रनको अर्धशतकिय पारी खेल्दै नटओट रहे भने यस्तै उप कप्तान दिपेन्द्रसिंह ऐरी रनमा ४८ रनमा अविजित रहे ।

नेदरल्यान्ड्सका लागी फिलिप बोइसेभिनले २ विकेट र सेबास्टियन ब्राटले १ विकेट हात पारे ।

फाईनलको म्यान अफ दी म्याच करण केसी चुनिए ।

नेपालले अन्तिम पटक सन् २०१० मा भएको आइसीसी विश्व क्रिकेट लिग डिभिजन ५ को उपाधि जितेको थियो । उक्त फाइनलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :