सरस्वती राष्ट्रिय महिला भलिबलको सर्वोत्कृष्ट खेलाडी

तातोपानी । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी सदस्य तथा एपीएफ क्लबकी खेलाडी सरस्वती चौधरी भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घाषित भएकी छिन् ।

सरस्वती सिन्धुपालल्चोकको भोटेकोशी गाँउपालिका वडा नम्वर २ स्थित तातोपानी आधारभुत विद्यालयको खेल मैदानमा शनिबार सम्पन्न भएको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएकी हुन् ।

सर्वोत्कृष्ट खेलाडी बनेसँगै सरस्वतीले नगद रु. २० हजारसहित प्रमाणपत्र प्राप्त गरेकी छिन् ।

यस्तै उनलाई भोटेकोशी गाउँपालिकाले सम्मान स्वरुप ५० हजार प्रदान गरेको छ ।

यसैगरी प्रतियोगिताको उत्कृष्ट सर्भर न्यु डायमण्डकी प्रतिभा माली, उत्कृष्ट स्पाइकर आर्मीकी शान्ति थारु,उत्कृष्ट ब्लकर आर्मीकी सुनिता खड्का, उत्कृष्ट लिबेरो
न्यु डायमण्डकी सलिना श्रेष्ठ, उत्कृष्ट स्तर एृएपीएफकी बिनिता बुढाथोकी र उत्कृष्ट प्रशिक्षक एपीएफका महेश चौधरी बने।

उनीहरु सबैजनाले समान समान ७–७ हजार प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :