आईपीएलः दुई खेल हुँदै

इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तर्गत आज दुई खेलहरु हुँदैछ ।

मुम्बईको वानखेडे स्टेडियमा खेलिने आजको पहिलो खेलमा चेन्नई सुपर किङ्गस र रोयल च्यालेन्जर्स बैंगलोरु प्रतिस्पर्धा गर्दै छन् ।

दई टिमबिचको खेल दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ ।

बैंगलोर पारी १४ औं संस्करणको आईपीएलमा अपराजित छ । यस अघी खेलियका सबै ४ खेल जितेको बैंगलोरु लगातार पाँचौ जित निकाल्ने योजनामा सहित मैदान उत्रने छ । ४ खेलमा अविजित बैंगलोरु को ८ अंक रहेको छ । आजको खेलद जित्दै बैंगलोरु शीर्ष स्थान कायम राख्न चाहन्छ ।

यस्तै ४ खेलमा ६ अंक जोडेको चेन्नई तालिकाको दोस्रो स्थानमा रहेको छ । चेन्नई चौंथो जितको खोजीमा मैदान उत्रने छ ।

यस्तै चेन्नईमा हुने अर्को खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद आमुने सामुने हुदै छन् । दुई टिमबिचको खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।

४ खेलमा ३ जित सिहत ६ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको दिल्ली हैदरावादलाई पराजित गर्दै चौंथो जित निकाल्ने योजनामा हुनेछ ।

आईपीएलका पछिल्ला संस्करणहरुमा सबै भन्दा कन्सिस्टेन्ट टिम मानिएको हैदरावादले यस पटक भने राम्रो शुरुवात गरेको छैन ।

४ खेलमा १ मात्र जित हात पारेको हैदरावाद २ अंक सहित तालिकाको पुछारबाट १ स्थान माथी छ । हैदरावाद दोस्रो जित निकाल्दै केही लय प्रप्त गर्ने योजनामा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :