भारतका पूर्व फुटबलर प्रणव गांगुलीको निधन

भारतका पूर्व फुटबलर प्रणव गांगुलीको निधन भएको छ । उनको ७५ बर्षको उमेरमा हृदयघातको कारण निधन भएको हो ।

मोहन बागानबाट समेत ब्यावसायिक फुटबल खेलेका गांगुलीलाई विगत केही दिनदेखि सास फेर्न गाह्रो भइरहेको बताईएको थियो ।

उनको निधन पार्क सर्कस स्थित आफ्नौ निवासमा भएको हो ।

गांगुली १९६९ मा मेर्डेका कप खेल्ने भारतीय टीमको हिस्सा थिए । उनले लगातार

१९६९आईएफए शिल्ड फाइनलमा उनले आफ्नो करियरको सर्वश्रेष्ठ प्रदर्शन गरेका थिए । उनको दुई गोलको मद्दतमा मोहन बागानले त्यस खेलमा पुरानो प्रतिद्वन्द्वी ईस्ट बंगाललाई ३–१ ले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :