घाइते एमबाप्पेले म्यानचेस्टर सिटिसँगको खेल गुमाउन सक्ने

पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकर केलियन एमबाप्पे घाइते भएका छन् ।

फ्रेन्च लिग वान अन्र्तगत शनिबार भएको मेट्जविरुद्धको खेलको ८७ मिनटमा चोट बोकेका एमबाप्पे मैदान बाहिरीका थिए ।

सो खेलमा पिएसजीले मेट्लाई ३-० गोल अन्तरले पराजित गर्दा एम्बाप्पे एक्लैले दुई गोल गरेको थिए ।

एमबाप्पेको थाइ इन्जुरी भएको बताईएको छ ।

चोटिल बनेसँगै एमबाप्पेले च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको पहिलो चरणको खेल गुमाउे सम्भावना देखिएको छ ।

पिएसजीले च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको पहिलो चरणको खेल आगामी बुधबार म्यानचेस्टर सिटीसँग खेल्दैछ ।

तर, पिएसजीका प्रशिक्षक मौरिसियो पोचेटिनले भने म्यानचेस्टर सिटिसँगको खेल अघि नै एमबाप्पे पूर्ण रिकभर भई टिममा फर्किने विश्वास रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :