उस्मानलाई युएफसी २६१ बक्सिङ्गको वेल्टरवेट उपाधि

जर्ज मासभिडाललाई दोश्रो चरणको नकआउट चरणमा हराउँदै कामारु उस्मानले युएफसी २६१ बक्सिङ्गको वेल्टरवेट उपाधि जितेका छन् ।

उस्मानले अमेरिकाको फ्लोरिडामा भएको युएफसी २५१ को रिम्याचको रुपमा भएको युएफसी २६१ को वेल्टरवेटको उपाधिमाथि कब्जा गरेका हुन् ।

३३ वर्षिया उस्मानले यसअघि नै रिम्याच हुने तालिका तय हुँदा मासभिडाललाई हराउँदै उपाधि जित्ने उद्घोष गरेका थिए । यो उनको लगातार चौथो उपाधि हो ।

यो जितसँगै उस्मानले आफ्नो जित संख्यालाई १९–१ मा पुर्याएका छन् ।

उनी पछिल्लो १८ खेलमा अविजित रहँदै आएका छन् ।

यो जित उस्मानको युएफसीमा भने लगातार १४औं जित हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :