नडालले जिते बार्सिलोना ओपनको उपाधि

स्टेफानोस सिट्सिपासलाई हराउँदै रफायल नडालले बार्सिलोना ओपनको उपाधि जितेका छन् ।

स्पेनमा आइतबार राति सम्पन्न बार्सिलोना ओपनको फाइनलमा एक सेटले पछि परेको अवस्थालाई उल्टाउँदै नडालले उपाधि हात पारेका हुन् ।

यो सँगै उनले बार्सिलोना ओपनको उपाधि १२औं पटक जित्न सफल भएका हुन् ।

नडालले सिट्सिपासलाई ६–४,६–७ (६–८) र ७–५ को सेटमा हराएका हुन् ।

सिट्सिपासबिरुद्ध भएको फाइनल जित्न नडालले ३ घण्टा ३८ मिनटको समय लगाएका थिए ।

३४ वर्षिय नडालको यो ६१औं क्लेकोर्टको उपाधि समेत हो ।

विश्व नम्बर ५ सिट्सिपासले भने गत साता सम्पन्न मोन्टेकार्लाे मास्टर्सको उपाधि जितेका थिए ।

यस्तै इटासलका माटिओ बेर्रेटिनीले चौथो पटक बेल्ग्रेड क्लेकोर्टको उपाधि जितेका छन् ।

विश्व नम्बर १० मा रहेका माटिओले रसियाका अस्लान कारात्सेभलाई हराउँदै उपाधि उचाल्न सफल भए ।

कारात्सेभले सेमिफाइनलमा नोभाक जोकोविकलाइ ६–१,३–६।७–६ (७–०) को सेटमा हराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :