म्यान्चेष्टर सिटीसँग पीएसजी पराजित

इङ्गलिस क्लब म्यान्चेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलको पहिलो लेगमा विजयी भएको छ ।

सिटीले बुधबार राति सम्पन्न खेलमा फेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीले आफ्नो घरेलु मैदानमा शुरुवाती अग्रता बना पनी अग्रता जोगाउन सकेन । खेलको १५ औं मिनटमा मार्कुन्होसले गोल गर्दै पीएसजीलाई शुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा पीएसजी १–० ले अघी रहेको खेलको ६४ औं मिनटमा डी ब्रुईनले गोल गर्दै सीटीलाई १–१ को बराबरीमा फर्काए ।

त्यसपछी खेलको ७१ औं मिनटमा गोल रियाद महरेजले गोल गर्दै सिटीलाई जित दिलाए ।

खेलको ७७ औं मिनेटमा पीएसजीका गना गयुये रातो कार्ड खादै मैदान बाहिरिएका थिए ।

घरेलु मैदानमा पहिलो लेगमै पराजित भएपछी पीएसजीलाई दोस्रो लेगमा केही दवाब देखिन्छ । यस्तै जिस निकालेको सिटीका लागी दोस्रो लेग केही सहज देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :