जोकोविकले मड्रिड ओपन नखेल्ने

साविकको विजेता समेत रहेका विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोविक अको महिना स्पेनमा हुने मड्रिड ओपनमा नखेल्ने भएका छन् ।

जोकोविकले बुधबार मड्रिड ओपनमा नखेल्ने जनाएका हुन् ।

उनले भने,‘म माफि माग्न चाहन्छु, म मड्रिड ओपनको मास्टर्स १००० को यात्रामा जान सक्दिन ।’

‘दुई वर्ष बितिसकेको छ र यो लामो समय हो’,उनले भने,‘अर्काे वर्ष भेट्नेछु ।’

३३ वर्षिय जोकोविकले २०१९ मा भएको मड्रिड ओपनको उपाधि जितेका थिए । त्यसयता कोरोना महामारीका कारण गत वर्ष प्रतियोगिता स्थगित भएको थियो ।

गत साता सम्पन्न सर्बिया ओपनको सेमिफाइनलमा रसियाका विश्व नम्बर २८ अस्लान कारात्सेभसँग जोकोविक पराजित भएका थिए ।

सर्वियन जोकोविकले गत फेब्रेअरीमा अन्तिम पटक अष्ट्रेलियन ओपनको उपाधि जितेका थिए ।

मे ३० तारिखबाट शुरु हुने फ्रेन्च ओपनको तयारीका लागि जोकोविकले रोम र बेलग्रेड ओपनमा भने सहभागिता जनाउने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :