बार्सिलोनालाई शिर्ष स्थानमा उक्लने मौका

स्पेनिस ला लिगा फुटबल अन्तर्गत बिहीबार एक खेल हुँदैछ ।

आज हुने एक मात्र खेलमा चर्चित क्लब बार्सिलोनाले ग्रानाडाको सामना गर्दैछ ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नौ स्टेडियममा हुने सो खेल नेपाली समय अनुसार १०:४५ बजबोट शुरु हुनेछ ।

घरेलु भुमिकोमा ग्रानाडालाई पराजित गर्ने योजना सहित बार्सिलोना मैदान प्रवेश गर्नेछ । बार्सिलोनाका मार्टिन ब्रेथवेट, अन्सू फती र फिलिप कौटिन्होले भने चोटका कारण आजको खेल गुमाउने भएका छन् ।

जारी लिगको ३२ खेलमा ७१ अङ्कसहित बार्सा तालिकाको तेस्रो स्थानमा रहेको छ । बार्सा आजको खेल जित्दै शिर्ष स्थनमा कप्जा जमाउने दाउमा समेत रहेको छ ।

यस्तै ग्रानाडा पनि बार्सासँगको खेल जित्दै लिग तालिका सुधार गर्ने चाहनामा रहेको छ । ग्रानाडाका नेडर लोंजानो डोमिंगोस डुटर्टे र लुइस मिल्ला चोटका कारण आजको खेलमा सामेल हुने छैनन् ।

समान खेलमा ४२ अङ्क जोडेको ग्रानाडा ८ औं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :