रोजर फेडररका किटहरु लिलामी हुदै

पुर्व विश्व नम्वर १ टेनिस स्टार रोजर फेडररले आफुले ग्रान्ड स्ल्याम उपाधी जित्दा प्रयोग गरेका किटहरु लिलामी गर्ने भएका छन् ।

२० पटकका ग्रान्ड स्ल्याम उपाधी विजेता स्विस नागरिक फेडररले अफ्रिका र स्विजरल्याण्डमा बच्चाहरूलाई शैक्षिक संसाधनहरू उपलब्ध गराउन आफ्ना मेमोरेवल किट लिलामी गर्न लागेका हुन् ।

लिलामीमा फेडररले ग्रान्ड स्ल्याम उपाधी जित्दा प्रयोग गरेका कपडा, लावल, जुत्ता र र्याकेटहरु राखिने छन् । उक्त लिलामीबाट संकलन भएको रकम रोजर फेडरर फाउण्डेसनमा जाने छ । फेडरर फाउण्डेसनले बालबालिका र शिक्षा क्षत्रमा काम गर्दै आएको छ ।

उनका किट हरुको लिलामी २३ जुनमा गरिने छ । उनका किटहरुको शुरुवाती मुल्य उनले जितेको उपाधिका आधारमा ३० हजार पाउण्ड देखी ७० हजार पउण्ड निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :