पोर्चुगल ह्याण्डबल युरोकपका लागि छनौट

पोर्चुगल युरो २०२२ को ह्याण्डबल प्रतियोगिताका लागि छनौट भएको छ ।

बिहिबार राति इजरायललाई समूह ४ को दोश्रो चरणको छनौट खेलमा ४१–२९ गोलको अन्तरले हराउँदै पोर्चुगल सन् २०२२ मा आयोजना हुने युरो कप ह्याण्डबलका लागि छनौट भएको हो ।

एक खेल अगावै पोर्चुगल समूहको शिर्ष सदई स्थानमा रहने पक्का भएसँगै हङ्गेरी र स्लोभाकियामा सन् २०२२ मा आयोजना हुने युरोकपमा स्थान बनाउन सफल भएको हो ।

पोर्चुगल अहिले समूह ४ मा ५ खेलपछि ८ अंकका साथ शिर्ष स्थानमा छ भने आइसल्याण्ड ६ अंकका साथ दोश्रो स्थानमा छ । आइसल्याण्ड पछिल्लो खेलमा लिथुवानियासँग २० –२७ अन्तरले हारेको थियो ।

डिओगो ब्राङ्कीन्हो,एलेक्जान्द«े काभालकान्टी र आन्द्रे गोमेजको गोलमा पोर्चुगलले खेलको पहिलो २० मिनटमा १७–७ गोलको अग्रता बनाएको थियो भने पहिलो हाफमा २२–१३ को अग्रता बनाएको थियो ।

ब्राङ्कीन्हाले पोर्चुगलको जितमा ९ गोल गरे भने गोमेजले ६ गोल थपेका थिए ।

यता इजरायलका लागि यिर्मी सिदिले सर्वाधिक ६ गोलको योगदान दिए ।

अब आइतबार हुने समूहको अन्तिम खेलमा पोर्चुगलले लिथुवानीयासँग खेल्नेछ भने इजरायलले आइसलयाण्डको सामना गर्नेछ ।

यो पनि पढ्नुहोस् :  रियाल मड्रिडका कार्वालले बाँकी सिजन गुमाउने पक्का

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :