नेपालमा भलिबलका सबै खेल स्थगित

काठमाण्डौ । नेपाल भलिबाल संघ (एनभिए) ले कोरोना महामारीका कारण केही समयका लागि आफ्नो सबै खेल गतिविधि स्थगित भएको सूचना जारी गरेको छ । शनिबार बिहान एक सूचना प्रकाशन गर्दै एनभिएले कोरोना महामारीको बढ्दो संक्रमण र जनस्वास्थ्यलाई मध्यनजर गर्दैै केही समयका निम्ति सबै खेल गतिविधि रोक्ने जनाएको हो ।

एनभिएले सामाजिक सञ्जालको आधिकारिक फेसबुक पेजमार्फत खेल गतिविधि स्थगन गरिएको जानकारी दिएको हो ।

जारी सूचनामा भनिएको छ,‘ नेपाल भलिबल संघले नेपाल सरकार को नियमानुसार कोरोना माहामारी कोभिड १९ ले देश का विभिन्न स्थानमा गरिएका लकडाउन र सम्पुर्णको स्वास्थ्य स्थितिलाई मध्यनजर राख्दै हाल भलिबल खेल गतिविधि केहि समयको लागि स्थगित गरिएको जानकारी गराउदै आफु रहेको स्थानमा सुरक्षित रहन अनुरोध गर्दछ ।’

एनभिएले सूचनामार्फत सबै जनमानसमा सुरक्षित रहन समेत अपिल गरेको छ ।

सूचना जारी भएपछि अब केही समय एनभिएको तालिकामा रहेका प्रतियोगिताहरु संचलान हुने छैनन् ।

संघले गत महिनामात्र पाँचौं आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिता आयोजना गरेको थियो ।

उक्त प्रतियोगिताको महिलातर्फको उपाधि न्यु डायमण्ड क्लबले जितेको थियो भने पुरुषतर्फको उपाधि हेल्प नेपालले उचालेको थियो ।

यो पनि पढ्नुहोस् : आहा रारा गोल्डकप खेल्न नेपाल आएको अफ्रिकन रुट्स स्वदेश फर्कदै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :