आहा रारा गोल्डकप खेल्न नेपाल आएको अफ्रिकन रुट्स स्वदेश फर्कदै

काठमाडौं । गत महिना पोखरामा सम्पन्न १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता खेल्न आएको अफ्रिकन रुट्स एसोसियनका खेलाडी सहति सम्पूर्ण टिम आज स्वदेश फर्कने भएका छन् ।

पहिलो पटक आहा रारा गोल्डकप खेल्न नेपाल आएको क्यामरुनी अफ्रिकन टिम आज साँझ ७ः२५ बजेका स्वदेश फर्कने तयारीमा रहेको अफ्रिकन टिमको व्यवस्थापन हेरिरहेका सगुन तण्डुकारले बताए ।

प्रतियोगिताको लागि २० सदस्सीय अफ्रिकन टिम नेपाल आएकामध्ये ९ खेलाडी र १ प्रशिक्षक आज स्वदेश फर्किने छन् ।

बाँकी खेलाडी मध्ये ५ जना नेपाल सुपर लिग खेलिरहेको र ५ खेलाडीको सुपर लिग टिमसँग अनुबन्धको कुरा चलिरहेको कारण नेपालमै बस्ने तण्डुकार बताए ।

प्रतियोगिताको पहिलो पटकको सहभागिमै उत्कृष्ट प्रददर्शन गरेको अफ्रिकन रुट्स फाइनल सम्म पुगेको थियो । फाइनलमा संकटा क्लबसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै अफ्रिकन रुट्सले दोस्रो स्थानमा चित्त बुझाएको थियो ।

यो पनि पढ्नुहोस् : एक खेलबाट अर्को खेल खेल्न समय कम हुँदा अपेक्षित प्रतिस्पर्धा हुन सकेनः प्रशिक्षकहरुको अनुभव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :