एक खेलबाट अर्को खेल खेल्न समय कम हुँदा अपेक्षित प्रतिस्पर्धा हुन सकेन

लक्ष्मी शाक्य

काठमाडौं । काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी नेपालको पहिलो ब्यवसायिक फुटबल नेपाल सुपर लिग (एनएसएल) को ८ औं दिन आज दुई खेल हुँदैछ । काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आजको पहिलो खेलमा धनगढी एफसी र एफसी चितवन प्रतिस्पर्धा गर्दैछन् । यि दुई टिमबीचको खेल दिउँसो २:३० बजेबाट शुरु हुनेछ ।

प्रतियोगिताको बलियो फ्रेन्चाइज क्लबको रुपमा हेरिएको धनगढी आज प्रतियोगितामा दोस्रो जितको खोजीमा रहनेछ ।

बलियो टिमको रुपमा हेरिए पनि टिमले अहिलेसम्म सोचे अनुसारको प्रदर्शन गर्न नसकेको धनगढीका मुख्य प्रशिक्षक युगल किशोर राई बताउँछन् ।

‘मेरो टिमसँग मैले जुन प्रकारको अपेक्षा गरेको छु, त्यो प्रकारको प्रदर्शन भईरहेको छैन, म निरन्तर प्रयासमा छु टिमको प्रदर्शनलाई सोचे अनुसार सुधार गर्दै लैजाने, राईले भने ‘एक खेलपछि अर्को खेलको समय निकै नजिक छ, यसले खेलाडी यसले खेलाडीमा इन्जुरीको समस्या बढाएको छ ।’

प्रतियोगिताको खेल तालिका निकै हतारिलो अर्थात् कम समयमा धेरै खेल खेल्नुपर्ने भार खेलाडीमा छ । यसले खेलाडीलाई आरामको समय समेत नपुगेकोले खेलाडीमा इन्जुरीको समस्या बढेको राई बताउँछन् ।

सम्रगमा टिमको प्रदर्शनप्रति आफू आशावादी रहेको बताउँदै राईनले आजको प्लेइङ सेटकामा केहि परिवर्तन गर्ने बताए ।

प्रतियोगिता अन्तर्गत हालसम्म खेलकोको तीन खेलमा धनगढीले एक जित, एक बराबरी र एक खेलमा हार ब्यहोरेको छ । चार अङ्कसहित धनगढी दोस्रो स्थानमा रहेको छ ।

आजको खेल जित्दै शिर्ष स्थानमा पुग्ने धनगढीको सम्भावना राम्रो रहेको छ । त्यो निर्णयको टुङ्गो भने बुटवल लुम्बिनी एफसी र बिराटनगर सिटि एफसीबीचको खेलमा समेत निर्भर हुने देखिन्छ ।

यस्तै चितवन भने प्रतियोगितामा आज पहिलो जितको खोजीमा हुनेछ । लिगमा एक खेलबाट अर्को खेलको ग्यापको समय निकै कम भएकोले आवस्यक तयारी गर्ने समय नपुगेको टिमको प्रशिक्षक तथा खेलाडीको गुनासोको विषय नै बनेको छ ।

यसैले खेलाडीमा इन्जुरीको समस्या निकैनै बढेको चिवनका मुख्य प्रशिक्षक मेघराज केशी बताउँछन् ।

‘एकपछि अर्को खेलको ग्यापको समय निकै कम छ, यसकारण टिमको महत्वपूर्ण खेलाडीनै इन्जुरीको समस्यामा छन्, त्यसो हुँदा पहिलो खेलमा इन्जुरी भएका कतिपय खेलाडी अझै चोट मुक्त भईसकेका छैनन्, केशीले भने,‘चोटका कारण दोस्रो खेलमा राम्रा खेलाडीहरु नै टिममा नहुँदा सोचेको नतिजा आएन आज ती खेलाडीहरु रिकभरी भएर मैदान प्रवेश गर्दैछन् । मलाई आशा छ आजको खेल जित्दै टिमले लिगमा पहिलो जित दर्ता गर्नेछ ।’

चितवनका कप्तान भरत खवाससँगै दुई विदेशी खेलाडी पहिलो खेलमै चोटिल बेनाका थिए । चोटिलबनेसँगै चिवनका भरत र दुई विदेशी खेलाडीले दोस्रो खेल गुमाएका थिए ।

प्रशिक्षक केशीका अनुसार भरत रिकभरी भएसँगै आज मैदान उत्रने तयारीमा छन् । उनका अनुसार चितवनको प्लेइङ सेटमा आज धेरै परिवर्तन देखिने छ । भरतसँगै चितवनका तीनै जना विदेशी खेलाडी आज मैदान उत्रनेछन् । आजको टिम शसक्त रहेको भन्दै चितवन आजको खेल जित्न सक्षम रहेको प्रशिक्षक केशीले बताए ।

चितवनले अहिलेसम्म खेलेको दुवै खेल बराबरी खेल्दै २ अङ्क जोडेको छ । चितवन तालिकाको छैटौं स्थानमा रहेको छ ।

यसैगरी प्रतियोगिता अन्तर्गत आजको दोस्रो खेलमा शिर्ष स्थानको बुटवल लुम्बिनी एफसीले बिराटनगर सिटि एफसीको सामना गर्दैछ । यि दुई टिमबीचको खेल साँझ ५:३० बजबोट शुरु हुनेछ ।

बुटबवललाई शिर्षस्थानको अग्रता कायमै राख्नको लागि आजको खेल जित्नै पर्ने दबाब रहेको छ । दबाबकैबीच खेलाडी इन्जुरी समस्याले झनै चिन्ता थपेको बुटवलका मुख्य प्रशिक्षक सनोज श्रेष्ठ बताउँछन् ।

‘शिर्ष स्थानको अग्रता कायमै राख्नको लागि हामीलाई आजको खेल जित्नैपर्ने दबाब छ, त्यसमा पनि बढ्दो खेलाडी इन्जुरीको समस्याले झनै चुनौती थपेको छ, खेलाडीले कम्तिमा पनि एक खेल खेलीइसकेपछि ७२ घण्टासम्म आराम गर्नु जरुरी छ, प्रतियोगिताको टाइट सेड्युलका कारण खेलाडीले आराम गर्ने समय नै पाइरहेको छैन, बुटवलका प्रशिक्षक श्रेष्ठले भने,‘जस कारण खेलाडीमा इन्जुरीको समस्या बढ्नुका साथ साथै खेल स्तर झनै खस्कदै गएको महसुस भएको छ । ’

यसैबीच टिमले प्रतियोगिताको आफ्नो तेस्रो खेल जित्नेप्रति भने आफू विश्वस्त रहको प्रशिक्षक श्रेष्ठले बताए । प्रतियोगिता अन्तर्गत अहिलेसम्म खेलेको दुई खेलमा एक खेल जित्दै एक खेल बराबरी खेलको बुटवल ४ अङ्कसहित शिर्ष स्थानमा छ ।

बिराटनगर सिटि भने प्रथियोगितामा आज दोस्रो जितको खोजिमा रहनेछ । प्रतियोगितामा खेलेको दुई खेलमध्य एक खेल जित्दै एक खेलमा हारको सामना गरेको बिराटनगर ३ अङ्कका साथ पाचौं स्थानमा रहेको छ ।

नेपाल स्पोर्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा जारी लिगमा ७ फ्रेन्चाइज टिमहरु प्रतिस्र्धा गरिरहेका छन् । कोरोना महामारीका कारण बिना दर्शक बन्द रंगशालामा संचालित यस प्रतियोगिताको फाइनल खेल जेठ १ गते खेलाईने छ ।

प्रतियोगिताको विजेताले ३५ लाख नेपाली रुपयाँ पुरस्कार पाउँनेछन् । भने प्रतियोगिताको उप विजेताले १५ लाखँ नगद प्राप्त गर्ने छ ।

लिगमा उत्कृष्ट प्रदर्शन गर्ने फरवार्ड, गोलरक्षक, मिडफिल्डर र डिफेण्डरले जनही १–१ लाखँ रुपयाँ प्राप्त गर्ने छन् भने एक जना युवा खेलाडीलाई ईमर्जिङ खेलाडीको अवार्ड प्रदान गरिने छ । लिगको सर्वउत्कृष्ट प्रशिक्षकलाई समेत नगद सहित सम्मान गरिने छ ।

यो पनि पढ्नुहोस् : आहा रारा गोल्डकप खेल्न नेपाल आएको अफ्रिकन रुट्स स्वदेश फर्कदै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :