इण्डियन च्याम्पियनशिप बक्सिङ्ग अनिश्चित कालकालागि स्थगित

कोरोना भाईरस महामारीका कारण विश्व बक्सिङ्ग परिषद् (डब्ल्यूबीसी) ले इण्डियन च्याम्पियनशिप बक्सिङ्ग स्थगित गरेको छ । विश्व बक्सिङ्ग परिषद्ले च्याम्पियनशिप अनिश्चित कालकालागि स्थगित गरेको छ ।

मे २ भोलिबाट शुरु हुन भनिएको च्याम्पियनशिप जालन्धरको ग्रेट खली एकेडेमीमा आयोजना गर्ने तालिका थियो । तर, कोरोना महामारीका कारण स्थगित गरेको छ ।

भारतमा कोरोना संक्रमणको बढ्दो संक्रमण र भारत सरकारको दिशानिर्देशनलाई ध्यानमा राख्दै हामीले पहिलो डब्ल्यूबीसी इण्डियन च्याम्पियनशिप स्थगित गर्ने निर्णय गरेका हौ,’डब्ल्यूबीसीले विज्ञप्तिमा भनेको छ ।

भारत हाल दोस्रो लगरको कोराना महामारीबाट ग्रसित छ । निकै संक्रमक नयाँ भेरिएन्टको कोरोनाबाट भारतमा दैनिक ३ लाखको हाराहरीमा संक्रमित बडीरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :