एनएसएल : पहिलो हाफमा धनगढी र चितवनको बराबरी

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा शुनिबार जारी खेलको पहिलो हाफ गोल सहित बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला जारी धनगढी एफसी र एफसी चितवनबीचको खेलको पहिलो हाफ गोल रहति बराबरीमा सकिएको हो ।

प्रतियोगिताको बलियो फ्रेन्चाइज क्लबको रुपमा हेरिएको धनगढी आज प्रतियोगितामा दोस्रो जितको खोजीमा प्रतिस्पर्धा गरिरहेको छ।

प्रतियोगिता अन्तर्गत हालसम्म खेलकोको तीन खेलमा धनगढीले एक जित, एक बराबरी र एक खेलमा हार ब्यहोरेको छ । चार अङ्कसहित धनगढी दोस्रो स्थानमा रहेको छ ।

धनगढीले आजको खेल जिते शिर्ष स्थानमा पुग्ने सम्भावना राम्रो छ । त्यो निर्णयको टुङ्गो भने बुटवल लुम्बिनी एफसी र बिराटनगर सिटि एफसीबीचको खेलले निर्धारण गर्नेछ ।

यसैगरी चितवन भने प्रतियोगितामा आज पहिलो जितको खेजीमा रहेको छ ।

चितवनले अहिलेसम्म खेलेको दुवै खेल बराबरी खेल्दै २ अङ्क जोडेको छ । चितवन तालिकाको छैटौं स्थानमा रहेको छ ।

यसैगरी आज नै हुने दोस्रो खेलमा शिर्ष स्थानको बुटवल लुम्बिनी एफसीले बिराटनगर सिटि एफसीको सामना गर्दैछ ।

बुटवललाई शिर्ष स्थानको अग्रता कायमै राख्नका लागि आजको खेल जित्नै पर्ने दबाव छ । यि दुई टिम बीचको खेल साँझ ५:३० बजेबाट शुरु हुने छ ।

बुटबल दुई खेलमा ४ अङ्कसहित शिर्ष स्थानमा रहेको छ भने बिराटनगर समान खेलमा तीन अङ्कसहित पाँचौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :