केन विलियम्सन हैदरावादको कप्तान नियुक्त

ईन्डियन प्रिमियर लिग (आईपीएल) फ्रेचाईज सनराइजर्स हैदरावादले केन विलियम्सनलाई टिमको नयाँ कप्तान नियुक्त गरेको छ ।

हैदरावादले शनिबार एक विज्ञप्ति जारी गर्दैै विलियम्सनलाई कप्तान नियुक्त गरेको जनाएको हो । न्युजिल्याण्डका कप्तान समेत रहेका विलियम्सनले अष्ट्रलियाका डेभिड वार्नरलाई प्रतिस्थापन गरेका हुन् ।

विलियम्सनले आईतबार खेलिने राजिस्थान रोयल्सविरुद्धको खेलबाट हैदरावादको कप्तानी समल्ने छ ।

डेभिड वार्नरको कप्तानीमा यस सिजन हैदरावादले खराब प्रदर्शन गरेपछी फ्रन्चाईजले उनको स्थानमा विलियम्सनलेलाई कप्तान चयन गरेको हो ।
गरिरहेको छ ।

यस सिजन ६ खेलमा ५ हार व्यहोरेको हैदरावाद २ अंक सहित तालिकाको पुछारमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :