फिना डाइभिङ्ग विश्वकपमा चिन र मेक्सिकोले जिते स्वर्ण पदक

चिनका पौडी खेलाडी चाङ्ग यानी र चेन यीवेनले जापानमा जारी फिना डाइभिङ्ग विश्वकपको पहिलो दिन स्वर्ण पदक जित्न सफल भएका छन् ।

शनिबार पहिलो दिनको फिना डाइभिङ्ग विश्वकपमा चिनियाँ जोडी चाङ्ग र चेनले महिलाको ३ मिटर स्प्रिङ्गबोर्ड इभेन्टमा ३१७.१६ अंक हासिल गर्दै स्वर्ण पदक जितेका हुन् ।

चाङ्ग र चेनले स्वर्ण पदक जितेको प्रतिस्पर्धामा जेनिफर एबेल र मेलिस्सा सिट्रिनाीको जोडीले रजत पदक हात पारे । उनीहरुले २८९.९८ अंक पाएका थिए ।

चिनका जोडी चाङ्ग र चेन यसअघि नै ओलम्पिकका लागि छनौट भइसकेका थिए भने दोश्रो हुने जेनिफर र मेलिस्सको जोडी पनि ओलम्पिकका लाथि छनौट भएका छन् ।

इटालि,जर्मनी र अमेरिकाका डाइभिङ्ग जोडी पनि टोकियो ओलम्पिकका निम्ति छनौट भएका छन् ।

यता पुरुषको १० मिटर इभेन्टमा थोमस डाले र म्याथ्यु लिको जोडीले ४५३.६ अंक जोड्दै स्वर्ण पदक जिते ।

मेक्सिकोका रान्डल विलार्स र इभान गार्सियाले रजत जित्दा क्यानडाका भिन्सेन्ट रिन्डेओ र नाथन सोमबोर मुर्रेले कास्य पदक हात पारे ।

फिना डाइभिङ्ग विश्वकप जापानमा आयोजना हुने टोकियो ओलम्पिकको लागि पौडीको छनौट प्रतियोगिताको रुपमा समेत आयोजना भएको हो ।

यो पनि पढ्नुहोस् :  चेल्सीसँग फुलहम पराजित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :