केटी टेलर बनिन् विश्व बक्सिङ्ग च्याम्पियन

प्रतिस्पर्धात्मक बाउटमा नतासा जोनासलाई हराउँदै केटी टेलरले विश्व बक्सिङ्गको उपाधि रक्षा गरेकी छिन् ।

आइतबार बिहान बेलायतको म्यान्चेस्टर एरिनामा भएको प्रतिस्पर्धामा तेश्रो बाउटसम्म पुगेको खेलमा केटीले सर्वसम्मतिमा जित निकाल्दै आफ्नो उपाधि रक्षा गर्न सफ भएकी हुन् ।

आयरल्याण्डकी केटीले शुरुवात शानदार गरेको भएपनि जोनासले कडा प्रतिस्पर्धा प्रदान गरेकी थिइन् ।

जोनासले पावर पन्च लगाउँदै खेलेपनि टेलरले आफ्नो गति र पन्चको मात्रालाई सन्तुलित राख्दा आफूलाई जित तर्फ डोहोर्याउन सफल भइन् ।

केटीले ९६–९४,९६–९५ र ९६–९५ को सर्वसम्मत निर्णयले विश्व बक्सिङ्ग उपाधि आफुनो पक्षमा राखिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :