लगानी अनुसारको प्रतिफल दिन नसकेको ललितपुर

लक्ष्मी शाक्य

काठमाडौं । काठमाडौंमा जारी नेपालको पहिलो व्यवसायिक फुटबल नेपाल सुपर लिग (एनएसएल) मा ७ फ्रेन्चाइज फुटबल टिमले प्रतिस्पर्धा गरि रहेका छन् ।

नेपाली फुटबललाई व्यवसायीमूलक बनाउँने हिसाबले नेपाल स्पोर्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा जारी प्रतियोगितामा सहभागि फ्रेन्चाइज टिम मधयको एक हो, ललितपुर सिटी एफसी ।

प्रतियोगिता शुरु हुनुअघि उपाधि दाबेदारीका लागि प्रतिस्पर्धात्मक क्लबका रुपमा हेरिने क्लबमा ललितपुर सिटी पनि एक थियो । खेलाडी अक्सनको समयमा सहभागि ७ टिममध्ये सबैभन्दा बढी खर्च गर्ने दोश्रो क्लबको रुपमा ललितपुर सिटी रहेको थियो ।

ललितपुरका महत्वपूर्ण खेलाडी एरिक विष्ट जसलाई ललितपुरले अक्सनमार्फत सबैभन्दा महँगो मुल्यमा किनेको थियो । एरिकका लागि ललितपुरले अधिकतम मुल्य २ लाख रुपैयाँ बोलि लगाएर क्लबमा भित्र्याएका थिए । ललितपुरले अक्सनबाट एरिक विष्ट, पाल्साङ लामा, अर्पण कार्की, कमल श्रेष्ठ, प्रवेश दनुवार, मिक्छेन तामाङ, नवीन लामा, विमल राना, रञ्जन विष्ट, विनोद गुरुङ, रोहित कार्की, सरोज लामा, निरज बस्नेत र गौरव बुढाथोकीलाई खरिद गरेको थियो ।

यसैगरी ललितपुरले एनएसएलको नियम अनुसार तीन विदेशी खेलाडीको कोटा समेत पुरा गरेको थियो । ललितपुरले अनुबन्धीत गरेको तीन विदेशी खेलाडीमा भिलिम पोनिस्कोभिक, नुर्लान नोभ्रोजोभ र पेटर सेगुन रहेका छन् । ललितपुरले टिम ब्यबस्थापनमा खर्च गरे अनुसार स्तरीय खेलाडी पनि पाएको थियो । तर, जारी लिगमा तीन खेल खेलीसक्दा पनि दुर्भाग्यवश ललितपुरले अहिलेसम्म जित आफ्नो पक्षमा पार्न सकेको छैन ।

बैशाख ११ गतेबाट शुरु भएको लिगमा ललितपुरले लिग अन्तर्गत आफ्नो पहिलो खेल प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्ससँग प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा ललितपुर काठमाडौंसँग १-० गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा एफसी चितवनसँग ललितपुर १-१ गोलको बराबरी खेल्दै अङ्क बाँड्न बाध्य भएको थियो ।

यसैगरी तेस्रो खेलमा पनि ललितपुर जित हासिल गर्नबाट चुक्यो । ललितपुरले तेस्रो खेलमा बैशाख १६ गते धनगढी एफसीसँग १-१ गोलको बराबरी खेल्दै तेस्रो खेलमा पनि अङ्क बाँड्यो ।

यो हिसाबले आफ्नो टिमले सोचे अनुसारको नतिजा ल्याउन नसकेको ललिपुरका मुख्य प्रशिक्षक प्रदिप हुमागाईं पनि सहर्ष स्विकार गर्नछन् । ‘खेलाडीलाई अक्सनमार्फ टिममा भित्र्याउने देखी लिएर टिमको तयारीमा मैले कुनै कसर बाँकि राखेको छैन, हुमागाईंले भने,‘मैले जुन अपेक्षा मेरो टिमबाट गरेको थिए त्यो नतिजा नआउँदा चित्त भने नबुझ्ने नै रहेछ, खेल हो अहिलेनै आत्तिनुपर्ने अवश्था भने आइसकेको छैन आशा छ टिमले आगामी म्याचमा जित अवश्य आफ्नो पक्षमा पार्नेछ ।’

प्रशिक्षणको समयमै खेलाडीमा इन्जुरी देखिएको तथा टिमको मुख्य खेलाडीमा अभै पनि इन्जुरी समस्याले नछोडेकोले पनि टिमले सोचे अनुसार खेल्न नसकेको बताउँछन् प्रशिक्षक हुमाँगाई ।

टिमले अहिलेसम्म अपेक्षित रुपमा खेल्न नसक्नुमा टिममा कुन पक्षमा कम्जोरी छ भन्ने लाग्छ तपाईलाई ? भन्ने मेरोखेल डटकमको प्रश्नमा हुमागाईं भन्छन्,‘टिमको अहिलेसम्मको खेल छि भन्ने खालको छ जस्तो मलाई लाग्दैन, अहिलेसम्म खेलेको सबै खेलमा टिमले अट्याकिङ पक्षमा निकैनै राम्रो खेल्दा खेल्दै पनि गोल गर्नबाट भने चुक्दै आएको छ, जसमा मेन समस्या फिनिसिङ बनेको छ । मैले टिमको कम्जोर पक्षलाई सहर्ष स्विकार गर्दै त्यहि हिसाबले खेलाडीलाई मोटिभेट गर्ने र आगामी खेलमा फिनिसिङमा सुधार गर्दै जित आफ्नो पक्षमा पार्नेान जोड दिएको छु ।’

यसो त प्रशिक्षक हुमागाईं विदेशी फु्टबल प्रक्षिकको अनुभव समेत बटुली सकेको प्रशिक्षक हुन् । उनी २०६९ सालको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्रीस्टार क्लबले उपाधि जित्दा मुख्य प्रशिक्षकको जिम्मेवारी थिए । आठ वर्षपछि नेपाली फुटबलमा प्रत्यक्ष रुपमा होमिन पाएका हुँमागाइलाई अवसरका साथ साथै टिमको प्रदर्शनका हिसाबले केहि निराशा पक्कै पनि बनाएको छ ।

‘टिमले अट्याकिङ पक्षमा राम्रो खेल्दा खेल्दै पनि कसरी कसरी गोल गर्नबाट बञ्चित बन्न पुग्छ, त्यसो हँदा कहिले काहीं भाग्यले पनि साथ नदिएको होकी भन्ने महसुस गराउँछ । तर, पनि मैले हिम्मत हारेको छैन आगामी खेलमा सुधारसहित नतिजामूखी खेल खेल्नको लागि टिमलाई तयार पार्ने कार्यमा म निरन्तर लागिरहेको छु ।’ हुमागाईं आफुनो अनुभव सुनाए ।

ललितपुरले आफुनो टिमको कप्तानमा राष्ट्रिय फुटबल टिमका मिडफिल्डर अञ्जन विष्टलाई भित्र्याएको थियो । कप्तान अञ्जन पनि आफ्नो टिमको अपेक्षित नतिजा नआउनुमा मेन समस्या फिनिसिङ नै बनेको बताउँछन् । ‘यसअघिका खेलमा हामीले दुई पटक सम्म पेनाल्टीको अवसर पाएका थियौं, तर, पनि हामी गोल गर्नबाट चुक्यौं, विष्टले भने, हामीले हाम्रो पक्षबाट सकेको बेस्ट दिएर खेल्दा खेल्दै पनि दुर्भाग्यवश किन-किन गोल गर्न सक्दैनौं, आगामी खेलमा हामी फिनिसिङको पक्षमा निकैनै होसियार भएर खेल्ने तयारी छौं । आशा छ आगामी खेलमा पहिलो खेलहरुमा जस्तो समस्या दोहोरीने छैन ।’

प्रतियोगिता अन्तर्गत आफ्नो चौथौं खेलमा ललितपुर सिटी आज पोखरा थन्डर्ससँग प्रतिस्पर्धा गर्दैछ । काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने सो खेल साँझ ५:३० बजेबाट शुरु हुनेछ । खेलमा दुवै टिम एक अर्कालाई पराजित गर्दै जित आफ्नो नाममा सुनिश्चित गर्ने योजनासहित मैदान प्रवेश गर्नेछ ।

पोखरा प्रतियोगितामा आज आफ्नो दोस्रो जितको खोजिमा मैदान प्रवशे गर्नेछ । अहिलेसम्म खेलेको तीन खेलमा पोखराले एक खेल जित्दै एक खेलमा बराबरी र एक खेलमा हार ब्यहोरेको छ ।

तीन खेलबाट चार अङ्कसहित चौंथो स्थानमा रहेको पोखराले आजको खेल जिते शिर्ष स्थानको धनगढी एफसीसँग अङ्क बराबरी गर्नेछ । चार खेलमा ७ अङ्कसहित धनगढी तालिकाको शिर्ष स्थानमा रहेको छ ।

पोखरा दोस्रो जितसहित शिर्ष स्थानको धनगढीसँग अङ्क बराबरी गर्ने योजनमा रहँदा ललितपु भने प्रतियोगितामा आफ्नो पहिलो जितको खोजीमा हुनेछ ।

अहिलेसम्म खेलेको तीन खेलमा दुई खेल बराबरी खेल्दै एक खेलका हार ब्यहोरेको ललितपुर जित बिहिन छ । तीन खेलबाट दुई अङ्क जोडेको ललितपुर तालिकाको छैटौं स्थानमा रहेको छ ।

नेपाल स्पोर्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा जारी लिगमा ७ फ्रेन्चाइज टिमहरु प्रतिस्पर्धा गरिरहेका छन् । कोरोना महामारीका कारण बिना दर्शक बन्द रंगशालामा संचालित यस प्रतियोगिताको फाइनल खेल जेठ १ गते खेलाईने छ ।

प्रतियोगिताको विजेताले ३५ लाख नेपाली रुपयाँ पुरस्कार पाउँनेछन् । भने प्रतियोगिताको उप विजेताले १५ लाखँ नगद प्राप्त गर्ने छ ।

लिगमा उत्कृष्ट प्रदर्शन गर्ने फरवार्ड, गोलरक्षक, मिडफिल्डर र डिफेण्डरले जनही १–१ लाखँ रुपयाँ प्राप्त गर्ने छन् भने एक जना युवा खेलाडीलाई ईमर्जिङ खेलाडीको अवार्ड प्रदान गरिने छ । लिगको सर्वोत्कृष्ट प्रशिक्षकलाई समेत नगद सहित सम्मान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :