एथ्लेटिकसँग सेभिया पराजित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत सोमबार राती सम्पन्न खेलमा एथ्लेटिक क्लब विजयी भएको छ ।

सेभियाको घरेलु भुमि रमन सान्चेज स्टेडियममा सम्पन्न खेलमा एथ्लेटिक क्लबले घरेलु टोली सेभिल्लालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

एथ्लेटिकको जितका लागि इकाकी विलियम्सले निर्णक गोल गरेको हुन् । उनले निर्धारित समयको अन्तिम ९० औं मिनटमा गोल गरेका थिए ।

विलियम्सको उक्त गोल नै निर्णक बन्यो । जितसँगै ३४ खेलबाट ४५ अङ्क जोडेको एथ्लेटिक क्लब तालिकाको ९ वौं स्थानमा रहेको छ ।

यता हारको सामना गरेको घरेलु टोली सेभिया समान खेलबाट ७० अङ्कसहित चौंथो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :