सेल्बीले जिते चौथो पटक स्नुकर विश्व च्याम्पियनसिप

मार्क सेल्बीले स्नुकरको विश्व च्याम्पियनसिप जितेका छन् ।

मंगलबार बिहान सम्पन्न स्नुकर विश्व च्याम्पियनसिपमा सेल्बीले सन मर्फिमाथि १८–१५ स्कोरको जित निकाल्दै उपाधि जित्न सफल भएका हुन् ।

सेल्बीको यो करियरको चौथो विश्व च्याम्पियनसिप उपाधि हो ।

किर्तिमानी सात पटक उपाधि जितेका स्टेफन हेन्ड्रीभन्दा सेल्बी अब चार उपाधि मात्र पछि परेका छन् ।

६६,८६ र शानदार १२० को रनको मद्दतमा सेल्बीले मर्फिमाथि उत्कृष्छ जित निकालेका थिए ।

च्याम्पियन सेल्बीले उपाधिसँगै ५ लाख पाउण्ड नगद पुरस्कार प्राप्त गरे भने विश्व वरियतामा दोश्रो स्थानमा उक्लिएका छन् ।

स्नुकरको विश्व वरियातको शिर्ष स्थानमा जुड ट्रम्प रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :