प्रिमियर लिगमा वेस्ट ह्याम विजयी

ईङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राती सम्पन्न खेलमा वेस्ट ह्याम विजयी भएको छ ।

बर्नलेको घरेलु मैदानमा सम्पन्न खेलमा वेस्ट ह्यामले घरेलु टोली बर्नलेलाई २-१ गोल अन्तरले पराजित गर्दै विजयी र्भको हो ।

वेस्ट ह्यामको जितका लागि दुवै गोल मिचाइल एन्टोनिओले गरेका हुन् । यस्तै बर्नलेको तर्फबाट क्रिस वुडले एक गोल फर्काएक हुन् ।

खेलमा शुरुवाती अग्रता भने घरेलु टोली बर्नलेले बनाएको थियो । बर्नलेका क्रिसले पेनाल्टीमार्फतगोल गर्दै बनैलेलाई शुरुवाती अग्रता दिलाएक थिए ।

तर, बर्नलेको अग्रता धेरै समय टिक्न सकेन । खेलको २१ औं मिनटमा वेस्टका मिचाइलले गोल गर्दै खेललाई १-१ को बराबरी अवस्थामा फर्काएका थिए ।

त्यस लगत्तै उनले खेलको २९ औं मिनटमा व्यक्तिगत दोस्रो गोल गरेपछि खेलको पहिलो हाफको खेल २-१ को अवस्थामा सकिएको थियो ।

त्यसपछि खेलको दोस्रो हाफमा दुवै टिमले दोहोरो गोल गर्न सकेन र मिचाइलको उक्त गोल नै निर्णायक गोल बन्यो र वेस्ट ह्याम २-१ गोल अन्तरले विजयी भयो ।

जितसँगै ३४ खेलबाट ५८ अङ्क जोडको वेस्ट ह्याम पाँचौं स्थानमा रहेको छ ।

यता हारको सामना गरेको बर्नले समान खेलबाट ३६ अङ्कसहित १६ औं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :