एनएसएल: बुटवललाई शिर्ष स्थानमा पुग्ने मौका

काठमाडौं । काठमाडौंमा जारी नेपालको पहिलो व्यवसायिक फुटबल नेपाल सुपर लिगको ११ औं दिन मंगलबार (आज) एक खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशामा हुने आजको एक मात्र खेलमा बुटवल लुम्बिनी एफसीले काठमाडौं रेजर्ससँग प्रतिस्पर्धा गर्दैछ । दुई फ्रेन्चाइज टिमबीचको खेल साँझ ५:३० बजेबाट शुरु हुनेछ ।

आजको खेलमा यि दुवै टिम दोस्रो जितको खोजीमा मैदान प्रवेश गर्नेछ । जारी लिगमा दुवै टिमले तीन तीन खेल खेलीसको छ ।

जसमा बुटवलले एक खेल जित्दै दुई खेलमा बराबरी खेलको छ । तीन खेलबाट ५ अङ्क जोडेको तेस्रो स्थानमा रहेको छ ।

बुटवल आजको खेल जिते शिर्ष स्थानको बिराटनगर सिटी एफसीलाई पछि पार्दै शिर्ष पक्का गर्ने छ । बिराटनगर ४ खेलबाट ७ अङ्कसहित शिर्ष स्थानमा रहेको छ ।

यस्तै काठमाडौंले अहिलेसम्म खेलको तीन खेलमा एक खेल जित्दै एक खेलमा बराबरी र एक खेलमा हारको सामना गरेको छ ।

काठमाडौं तीन खेलबाट चार अङ्कसहित पाँचौं स्थानमा रहेको छ । आजको खेल जिते काठमाडौंले शिर्ष स्थानको बिराटनगरसँग अङ्क बराबरी गर्नेछ ।

नेपाल स्पोर्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा जारी लिगमा ७ फ्रेन्चाइज टिमहरु प्रतिस्पर्धा गरिरहेका छन् । कोरोना महामारीका कारण बिना दर्शक बन्द रंगशालामा संचालित यस प्रतियोगिताको फाइनल खेल जेठ १ गते खेलाईने छ ।

प्रतियोगिताको विजेताले ३५ लाख नेपाली रुपयाँ पुरस्कार पाउँनेछन् । भने प्रतियोगिताको उप विजेताले १५ लाखँ नगद प्राप्त गर्ने छ ।

लिगमा उत्कृष्ट प्रदर्शन गर्ने फरवार्ड, गोलरक्षक, मिडफिल्डर र डिफेण्डरले जनही १–१ लाखँ रुपयाँ प्राप्त गर्ने छन् भने एक जना युवा खेलाडीलाई ईमर्जिङ खेलाडीको अवार्ड प्रदान गरिने छ । लिगको सर्वोत्कृष्ट प्रशिक्षकलाई समेत नगद सहित सम्मान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :