पार्मा सिरी बि मा घटुवा

टोरिनोसँग पराजित हुँदै सिरी ए क्लब पार्मा सिरी बि मा घटुवा भएको छ ।

सोमबार राति सम्पन्न खेलमा पार्मा घरेलु टोलि टोरिनोसँग १–० ले पराजित हुँदै तीन वर्षपछि दोश्रो डिभिजन अर्थात सिरी बि मा झरेको हो ।

यसअघि अर्काे क्रोटोन पनि सिरी बि मा घटुवा भइसकेको छ ।

पार्माका दुई महत्वपूर्ण खेलाडी फाबियो कानाभारो र जियानलुगी बुफोन टिममा रहेपनि टोरिनोसँगको हार भने टार्न सकेनन् ।

सोमबारको खेलमा १७औं स्थानको काग्लियारीसँग १२ अंकको दूरी राख्दै जित्नै पर्नै दबाबका साथ मैदान उत्रिएको पार्माले रेलिगेशन खतरा टार्न सकेन ।

गोलरहित बराबरी भएको पहिलो हाफपछि खेलको ६२औं मिनटमा टोरिनोले खेलमा गोल गर्दै जित हापलि गरेको थियो ।

उसका लागि अनमार्कड् मर्जिम भोज्भोडाले क्रिष्टियन अन्साल्दीको पासमा गोल गरेका थिए ।

यसपछि ७१औं मिनटमा आन्दि«या बेलोट्टीले गोल गर्दै टोरिनोको अग्रता दोब्बर बनाएका थिए तर रेफ्रिले उक्त गोललाई अफसाइड दिएको थियो ।

सिजन सकिन ४ खेल बाँकी रहँदा पार्मा २० अंकका साथ पुछारबाट दोश्रो स्थानमा छ भने टोरिनो ३४ अंकका साथ १५औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :