आइपीएलका बाँकी खेल मुम्बइमा हुने !

कोरोना महामारीको बढ्दो समस्याका कारण इण्डियन प्रिमियर लिग (आइपीएल) मा बाँकी रहेका सबै खेल मुम्बइमा खेलाउने तयारी भइरहेको छ ।

दिल्लीको अरुण जेट्ली स्टेडियममा कार्यरत २ जना स्टाफमा सोमबार कोरोनाको संक्रमण देखिएपछि आइपीएलको बाँकी खेलहरु मुम्बइमा मात्र खेलाउने योजनामा भारतीय क्रिकेट बोर्ड बीसीसीआइ रहेको बुझिएको छ ।

बीसीसीआइ स्रोतका अनुसार सबै खेलहरु मुम्बइमा सिफ्ट गर्ने सबै तयारी भइरहेको भारतीय संचारमाध्यमले उल्लेख गरेको छ ।

दिल्लीमा सोमबारका लागि निर्धारित कोलकाता नाइट राइडर्स र रोयल च्यालेञ्जर्सबिचको खेल २ जना स्टाफमा कोरोना देखिएपछि स्थगित भएको थियो ।

बीसीसीआइ स्रोतका अनुसार यसै सातको अन्तिमबाट आइपीएलको बाँकी खेलहरु मुम्बइमा खेलाइनेछ । यसको अर्थ कोलकाता र बेंगलोरका स्टेडियमहरुमा कुनै पनि खेल हुने छैनन् ।

यसबाहेक प्ले अफ र फाइनल खेल अहमदाबादमा हुने छैन । यी सबै खेलहरु सम्भवत अब मुम्बइमा नै हुनेछ । यस विषयमा बीसीसीआइले अन्तिम निर्णय लि बाँकी रहेको छ ।

बीसीसीआइको सम्भावित योजना अनुरुप मे ८ बाट सबै खेलहरु मुम्बइको तीन स्टेडियममा संचलान हुनेछ । वानखेडेबाहेक ब्रेबर्न र डिवाइ पायिटल स्टेडियममा खेलहरु संचालन हुनेछ ।

मुम्बइको मुख्य स्टेडियम वानखेडेमा अहिलेसम्म सिजनको १० खेल संचालन भइसकेको छ ।

यस्तै ब्रेबर्न र डिवाइ पाटिल पनि खेल खेलाउन तयारीमा अवस्थामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :