ह्वाट्मोर स्वदेश फर्किए

काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाट्मोर मंगलबार स्वदेश फर्किएका छन् ।

कोरोना महामारीका कारण केही समय नेपालमा क्रिकेटको गतिविधि नहुने भएपछि ह्वाट्मोर आफ्नो घर श्रीलंका फर्किएका हुन् ।

नेपाल सरकारले निषेधाज्ञा जारी गरेपछि ह्वाट्मोर नेपाल क्रिकेट संघ (क्यान) सँगको समन्वयमा श्रीलंका फर्किएका हुन् । बुधबारबाट अन्तराष्ट्रिय उडानहरु बन्द हुने भएपछि क्यान र ह्वाट्मोरको समझदारीमा उनी श्रीलंका गएका हुन् ।

नेपाल सरकारले समूहमा खेलिने खेललाई तत्काललाई रोक लगाएपछि राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण सम्भव छैन र निषेधाज्ञा लम्बिन सक्ने देखिएकोले क्यानले ह्वाट्मोरलाई स्वदेश जाने अनुमति दिएको क्यान सचिव एवम् प्रवक्ता अशोकनाथ प्याकुरेलले बताए ।

ह्वाट्मोर मालिन्डो एयरको विमानबाट मलेसिया हुँदै श्रलिंका जानेछन् ।

क्यानले गत पुषमा ह्वाट्मोरलाई नेपालको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

त्यसयता नेपालले उनको प्रशिक्षणमा यसै महिना काठमाण्डौमा भएको मलेसिया र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक टी २० श्रृंखलाको उपाधि जितेको थियो । नेपालले ११ वर्षपछि घरेलु मैदानमा अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि हात पार्न सफल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :