कोरोनाका कारण चेन्नाइ र राजस्थानको खेल स्थगित

इण्डियन प्रिमियर लिग अन्तर्गत चेन्नाइ सुपर किङ्गस् र राजस्थान रोयल्सबिचको खेल स्थगित भएको छ ।

बुधबार हुने चेन्नाइए र राजस्थानबिचको खेल स्थगित भएको आइपीएल आयोजक समितिले विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो ।

चेन्नाइले आयोजकसँग सम्पूर्ण टिम सोमबारबाट एक साताका लागि क्वारेन्टिनमा बसेको जानकारी गराएपछि राजस्थानसँगको खेल अर्काे मितिमा हुने निश्चित भएको हो ।

सोमबार कोरोनाको परिक्षण आउँदा टिमका २ जनामा कोरोना संक्रमण पुष्टि भएको कारण क्वरेन्टिनमा बसेको चेन्नाइका प्रमुख कार्यकारी अधिकृत के विश्वनाथनले जानकारी दिए । उनले आयोजकलाई सोमबार नैं टिमको क्वारेन्टिनको बारेमा जानकारी गराइसकेको बताए ।

चेन्नाइका बलिङ्ग प्रशिक्षक एल बालाजीसँगै २ जनामा कोरोना संक्रमण देखिएको छ ।

योसँगै यस सिजन कोरोनाका कारण स्थगित हुने यो दोश्रो खेल भएको छ ।

यसअघि सोमबार कोलकाता नाइट राइडर्स रोयल च्यालेञ्जर्सबचिको खेल पनि कोरोनाका कारण स्थगित गरिएको थियो । दिल्लीको स्टेडियमका २ जना र कोलकाताका खेलाडीद्वय वरुण च्रकवर्ती र सन्दिप वारिएरलाइ कोरोना पोजिटिभ देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :