आईपीएल रद्द गर्न माग सहित अदालतमा मुद्दा

कोरोना महामारीको दोस्रो लहरका कारण भारतको जनजिवन निकै प्रभावित भएको र यस्तो अवस्थामा पनी इन्डियन प्रिमियर लिग (आईपीएल) चलिरहेको भन्दै आईपीएल रद्द गर्न भाग सहित दिल्ली उच्च अदालतमा मुद्दा परेको छ ।

सार्वजनिक स्वास्थभन्दा क्रिकेट र आईपीएललाई प्राथमिकता दिन नहुने भन्दै केन्द्र सरकार, दिल्ली सरकार, बीसीसीआई र डीडीसीएले तल्काल आईपीएल रद्द गर्नु पर्ने भाग सहित अदालतमा मुद्दा दाएर गरिएको हो ।

यो निवेदन दिल्लीका वकिल र सामाजिक कार्यकर्ता करणसिंह ठकरालले गरेका हुन् । केही दिन अघी आफ्नै संक्रमित भएका ठकरालले भारतमा चिकित्सा सुविधाको अवस्था निराशाजनक भएको भन्दै आईपीएल रद्द गर्न र चिकित्सा सुविधाको अवस्था बडाउन माग गर्दै याचिका दायर गरेका हुन् ।

सोमबार कोलकात्ता नाइट राइडर्सका २ खेलाडीहरूकोरोना संक्रमित पाईएका थिए । सथै चेन्नाईका ३ जना स्टाफहरु पनी कोरोना संक्रमित भएका छन् ।

हाल दिल्ली र चेन्नाईको पुरै टिम आईसोलेसनमा छ भने सोमबार बैंगलुरु र कोलकात्ता तथा बुधबार चेन्नाई र हैदरबाद बिच खैले तालिका रहेका खेलहरु समेत स्थगित गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :