ऋद्धिमान साह र आमित मिश्रा कोरोना संक्रमित

भारतमा जारी १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा एक पछी अर्को खेलाडी कोरोना संक्रमित भई रहेका छन् ।

यसै बिच सनराइजर्स हैदराबादका विकेटकिपर ब्याट्सम्यान ऋद्धिमान साह कोरोना संक्रमित भएका छन् ।

सोमबार गरिएको पुरै टिमको कोरोना रिपोर्ट आउदा साह कोरोना संक्रमित भएको पुष्टि भएको हो । यस्तै दिल्लीका आमित मिश्रा समेत कोरोना संक्रमित भएका छन् ।

साह कोरोना संक्रमित भएसंगै मंगलबार खेलिने तालिका रेहको हैदराबाद र मुम्बई इन्डियन्स बीचको आजको खेल अनिश्चित भएको छ ।

भारतिय सञ्चार माध्यमहरुका अनुसार अहिले बीसीसीआईको भचुैवल बैठक बस्दै छ । उक्त बैठकले आईपीएलको आजको खेल र आगामी खेलहरु स्थगित गर्ने वा कुन विकल्पमा जाने निर्णय गर्ने छ ।

यसअघि बुधबार खेलिने तालिका रहेको चेन्नाइ सुपर किङ्गस् र राजस्थान रोयल्सबिचको खेल स्थगित भएको थियो । साथै सोमबार कोलकाता नाइट राइडर्स रोयल च्यालेञ्जर्सबचिको खेल पनि कोरोनाका कारण स्थगित गरिएको थियो । दिल्लीको स्टेडियमका २ जना र कोलकाताका खेलाडीद्वय वरुण च्रकवर्ती र सन्दिप वारिएरलाइ कोरोना पोजिटिभ देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :