आईपीएल अनिश्चितकालका लागी स्थगित

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ स्थगित भएको छ । लगातार आईपीएल बायो बबलमा रहेका खेलाडीहरु र स्टाफहरुमा कोरोना संक्रमण देखिन थाले पछी जारी संस्करणको आईपीएलका ३१ खेल बाकी रहदै अनिश्चितकालका लागी स्थगित गरिएको हो ।

मंगलबार भर्चुवल माध्यमबाट बसेको बीसीसीआई र  आईपीएल गर्भनिङ काउन्सिलको बैठकले कोरोना कहरका कारण प्रतियोगिता बिचमै स्थगित गर्ने निर्णय गरेको हो ।

बीसीसीआईले खेलाडीहरु, सहयोगी स्टाफ र आईपीएल आयोजनामा सहभागी अन्य कसैको सुरक्षामा सम्झौता गर्न चाहँदैन यो निर्णय सबै सरोकारवालाहरुको सुरक्षा, स्वास्थ्य र हितलाई ध्यानमा राखी लिइएको हो,’ बीसीसीआईले प्रतियोगिता स्थगित गर्दै जारी गरेको विज्ञप्तिमा भनेको छ ।

मंगलबार मात्र हैदराबादका विकेटकिपर ब्याट्सम्यान ऋदिमान साह र दिल्लीका आमित मिश्रामा कोरोना संक्रमण देखिएको थियो ।

यसअघि बुधबार खेलिने तालिका रहेको चेन्नाइ सुपर किङ्गस र राजस्थान रोयल्सबिचको खेल स्थगित भएको थियो । साथै सोमबार कोलकाता नाइट राइडर्स र रोयल च्यालेञ्जर बैगलुरु बचिको खेल पनि कोरोनाका कारण स्थगित गरिएको थियो । दिल्लीको स्टेडियमका २ जना र कोलकाताका खेलाडीद्वय वरुण च्रकवर्ती र सन्दिप वारिएरलाइ कोरोना पोजिटिभ देखिएको थियो । भने चेन्नाइका बलिङ कोच एल बालाजी सहित अन्य २ स्टाफमा समेत कोरोनाको सकारात्मक संक्रमण देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :