पीएसएलका बाँकी खेलहरु यूएईमा आयोजना गर्न फ्रान्चाइजहरूको माग

पाकिस्तान सुपर लीग (पीएसएल) का छ वटा फ्रान्चाइजहरूले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई प्रतियोगिताका बाँकी खेलहरु यूएईमा आयोजना गर्न माग गरेका छन् ।

फ्रान्चाइजहरुले पाकिस्तानमा दोस्रो लहरको कोरानाको संक्रमण दर बृद्धि भएको कारण पुनःशेड्यूल गरिएको २०२१ संस्करणको प्रतियोगिताका बाँकी खेलहरू कराचीबाट युएईमा सार्न आग्रह गरेका हुन् ।

फ्रान्चाइजहरुले बोर्डलाई पत्र पठाउँदै प्रतियोगिताको आयोजना स्थल सार्न माग गरेका हुन् । टोmिहरुको यस माग बारे पीसीबी सकारात्मक भएको र हालको योजनाहरूको समीक्षा गरिने पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

यस अघी बोर्डले पीएसएलका सबै फ्रन्चाईजी टोलिहरु सँग छलफल गरेपछि प्रतियोगिताको बाँकी खेल जुन १ बाट सुरु गर्ने निर्णय गरेको थियो ।

खेलाडीहरु र सहयोगी स्टाफहरु धमाधम कोरोना संक्रमित हुन थाले पछी बोर्डले ४ मार्चमा पीएसएल स्थगित गर्ने निर्णय गरेको थियो । गत संस्करणको पीएसएल पनी कोरोना महामारीका कारण बिचमै स्थगित भएको थियो । यद्यपी सो संस्करण पनी स्थिती समान्य भए पछी पुन आयोजित गरिएको थियो ।

यस पटक प्रतियोगिताका ३४ खेल मध्य मात्र १४ खेल आयोजना हुदा प्रतियोगिता स्थगित भएको थियो ।

पाकिस्तान क्रिकेट बोर्डले प्रतियोगिताका बाकी खेलहरु कराँचीमा बायो बबल निर्माण गरी खेलाउने छ । प्रतियोगिताको फाइनल खेल जुन २० मा खेलाईने निर्णय गरेको थियो ।

लाहोर क्वालन्डर्सबाट राशिद खानको प्रतिस्थाजवको रुपमा पीएसएल खेल्न गएका नेपालका लेग स्पिनर सन्दीप लामिछाने प्रतियोगिताका लागी कराँची पुगेका थिए । तर, प्रतियोगिता स्थगित हुदा उनी स्वदेश फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :