युरोपियन च्याम्पियनसिपका लागी २६ सदस्य टोलि बनाउन पाउने

आगामी संस्करणको युरोपियन च्याम्पियनसिपका लागी २६ सदस्य टोलि बनाउन पाउने भएका छन् ।

सामान्यतया २३ खेलाडीहरुको टोलि बनाउनु पर्ने भएपनी कोरोना महामारीका कारण युईएफएले प्रतिस्पर्धा देशहरुलाई २६ सदस्य टोलि बनाउन दिने भएको हो ।

युईएफएको राष्ट्रिय टोली समितिले लिने यस अप्रिलमा यस्तो प्रस्ताब गरे पनी यूएफाको कार्यकारी समितिले मंगलबार निर्णयलाई अनुमोदन गरेको हो । यद्यपी कुनै खेलका लागी टिम सटिमा २३ खेलाडीरुको नाम मात्र सामेल गर्न पाईने छ ।
र्
कोरोनामहामारीका दैरान प्रतिस्पर्धाको सहजता र निरन्तरताको ग्यारेन्टी गर्न नियमहरू पारित गरिएको हो,’ युईएफएले बिज्ञप्तिमा भनेको छ । यस अघी युईएफएले टोलीले प्रत्येक खेलको लागि पाँच पटक सब्सिटीउड गर्न पाउने निएमलाई अनुमोदन गरिसकेको थियो ।

यस पटकको युरोपियन च्याम्पियनसिप ११ जुनबाट सुरु हुदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :