ईटालियन साइक्लिस्ट स्प्रेआफिलाई तिन बर्षको प्रतिबन्ध

इटालिका साइक्लिस्ट मट्टेओ स्प्रेआफिलाई तिन बर्षको प्रतिबन्ध लगाईएको छ । उनलाईसाईक्लिङ्गको विश्व प्रशासक निकायले यूसीआईले प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

स्प्रेआफिलाई प्रतिबन्धित पदार्थको सेवन गरेर प्रतियोगितामा सहभागि भएको आरोपमा निलम्बन गरिएको हो ।

स्प्रेआफिले गत वर्षको गिरो डि इटालियामा प्रतिबन्धित पदार्थको सेवन गरेर सहभागिता जनाएका थिए ।

विनी जाबु–केटीएम टोमबाट साइकलिङ्ग गर्ने २८ वर्षीय स्प्रेआफिले ईनोबोजर्म, ओस्टारिनको सेवन गरेको पाईएको थियो ।

यो पदार्थ बल्र्ड एण्टी डोपिङ एजेन्सी (वाडा) को प्रतिबन्धित पदार्थको सूचीमा पर्दछ ।

उनको प्रतिबन्ध २०२३ मा समाप्त हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :