रहिम स्टर्लिङ्ग जातिय विभेदको सिकार

म्यान्चेस्टर सिटी तथा इङ्गल्याण्डका फरवार्ड रहिम स्टर्लिङ्ग सामाजिक सञ्जालमा जातिय विभेदको सिकार बनेका छन् ।

बेलायतका फुटबलसँग सरोकार राख्ने निकायहरुले सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामलाई अनावश्यक क्रियाकलापलाई प्रश्रय दिएको भन्दै चार दिनसम्म प्रयोग गर्न रोकेका थिए । फेसबुकले त्यस्तो अनावश्यक कार्य गर्ने प्रयोगकर्ताको अकाउन्ट बन्द गरिदिएपछि पुनः सरोकारवाला निकायले फेसबुकको प्रयोग शुरु गरेका थिए ।

तर त्यसको दुईदिनपछि नै रहिममाथि फेसबुकमा जातिय विभेद सम्बिन्ध टिकाटिप्पणी भएको हो ।

रहिमाथि भएको अनैतिक ब्यवहारपछि फेसबुकका प्रवक्ताले सबै कमेन्ट हटाइएको र प्रयोगकर्तामाथि कारवाही प्रक्रिया शुरु भइसकेको स्पष्टिकरण दिएको छ ।

फेसबुकले २६ वर्षिय रहिमामाथि भएको ब्यवहार अक्षम्य र अस्विकार्य रहेको समेत जनाएको छ ।

प्रवक्ताले भने,‘हामी यस किसिमको अब्यवहारिक कार्यमाथि रोक लगाउन छिट्टै नै नयाँ ट्ल्स् ल्याउने तयारीमा छौ ।’

‘हामीसँग यस किसिमको अनैतिक कार्य रोक्ने र रातारात चमत्कार गर्ने यन्त्र त छैन तर नयाँ टुल्सको विकास गर्देछौ जसले केही हदसम्म फेसबुकमार्फत अनैतिक कार्य रोकन् सकौ’,प्रवक्ताले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :