मड्रिड ओपनमा नडालको सुखद शुरुवात

स्पेनिस रफायल नडालले मड्रिड ओपनमा सहज जितसहित सुखद शुरुवात गरेका छन् ।

बिहिबार बिहान सम्पन्न खेलमा नडालले स्पेनकै कार्लाेस अल्काराजलाई ६–१,६–२ को सोझो सेटमा हराएका हुन् ।

आफ्नो १८औं जन्मदिनका दिन भएको खेलमा स्पेनका अल्काराजले नडाललाई खेल अवधिभर कुनै पनि चुनौती प्रस्तुत गर्न सकेका थिएनन् ।

नडालले अल्काराजसँगको खेल एक घण्टा १३ मिनटको समयावधि लगाएर जितेका थिए ।

यस्तै अर्काे खेलमा रसियाका डानिल मेदभेदेवले स्पेनका अलेजान्द«ो डेभिडलाई ४–६,६–४ र ६–२ को सेटमा पाखा लगाए ।

उनले अलेजान्द्रोबिरुद्धको खेल जित्न २ घण्टा १३ मिनटको समय लिएका थिए ।

अन्य खेलमा जर्मन एलेक्जेन्डर भेरेभले केइ निसिकोरीमाथि ७४ मिनटमै ६–३ र ६–२ को सोझो सेटमा जित निकाले ।

अब भेरेभले अर्काे चरणमा बेलायतका डान इभान्ससँग खेल्नेछ । डानले जोन मिल्म्यानलाई हराउँदै तेश्रो चरणमा पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :