बार्टी मड्रिड ओपनको सेमिफाइनलमा

मड्रिड ओपनको महिलातर्फ क्वार्टरफाइनलमा एश्ले बार्टीले जित निकाल्दै अन्तिम चरामा स्थान पक्का गरेकी छिन् । बार्टीको यो क्लेकोर्टमा लगातार १५औ जित समेत हो ।

बार्टीले बिहिबार बिहान सम्पन्न खेलमा पेट्रा भिटोभामाथि ६–१,३–६ र ६–३ को सेटमा जित निकाल्दै मड्रिड ओपनको सेमिफाइनलमा पुगेकी हुन् ।

पहिलो सेटमा अनावश्यक प्रयासहरु गर्दा भिटोभामाथि बार्टीले सहज जित निकालेकी थिइन् । तर दोश्रो सेटमा ति गलतीहरु सुधार गर्दा भिटोभाले बार्टीमाथि जित निकाल्न सफल भइन् ।

तेश्रो सेटमा पुनरागमन गर्दै बार्टीले भिटोभामाथि शानदार जित निकालेकी थिइन् ।

अब बार्टीले सेमिफाइनलमा वाइल्ड कार्ड इन्ट्री पाएकी पउला बाडोसासँग खेल्नेछिन् ।

बाडोसाले क्वार्टरफाइनलमा बेलिन्दालाई ६–४ र ७–५ को सेटमा हराएकी थिइन् ।

यस्तै क्वार्टरफाइनलकै अर्काे खेलमा अनास्तासिया पाभ्लिचेन्कोले कारोलिना मुकोभालाइ हराइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :