ट्रेन्ट बोल्टले इङ्गल्याण्डविरुद्धको टेस्ट सिरिज गुमाउने

न्यूजिल्याण्ड क्रिकेट टिमका फास्ट बलर ट्रेन्ट बोल्टले इङ्गल्याण्डविरुद्धको टेस्ट सिरिज गुमाउने भएका छन् । कोरोना महामारीका कारण इन्डिन प्रिमियर लिग (आईपीएल) स्थगित भएपछि स्वदेश फर्केका बोल्ट १४ दिनको अनिवार्य क्वारेन्टिन बस्नु पर्ने न्यूजिल्याण्ड सरकारको स्वास्थे मापद्दण्डका कारण २ खेलको सिरिज गुमाउने भएका हुन् ।

टेष्ट च्याम्पियनसिपको फाइनलको तयारीका लागी न्यूजिल्याण्डले जुन २ बाट इङ्गल्याण्डविरुद्ध २ खेलको टेस्ट सिरिज खेल्दै छ । यद्यपी उनले च्याम्पियनसिपको फाइनल भने गुमाउने छैनन् ।

टेष्ट च्याम्पियनसिप फाईनल अन्तर्गत न्यूजिल्याण्ड र भारत प्रतिस्पर्धा गर्ने छन् । फाईनल खेल १८ जुनमा रोज बाउल, साउथेम्प्टनमा खेलिने छ ।

न्यूजिल्याण्ड टिम मे १६ मा इङ्गल्याण्ड प्रस्तान गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :