ओलम्पिक कमिटी भन्छ “नेपाली खेलाडी जापान जान्छ”

लक्ष्मी शाक्य

काठमाडौं । नेपालमा अहिले भेरियन्ट सहितको दोस्रो लहरको कोरोना भाइरस (कोभिड(१९) को प्रभाव बढ्दो छ । कोरोनको प्रभाव बढेपछि उपत्यकाका तीन जिल्लासहित देशका अधिकांश क्षेत्रमा हाल निषेधाज्ञा जारी छ ।

अहिले नेपाल सरकार तथा स्थानीय सरकारले समुहमा खेलिने खेलकुद, विद्यालय संचालन, सार्वजनिक स्थानमा अनावश्यक भिडभाड, जिम सेन्टर र पार्टी प्यालेस संचालन लगायतका गतिविधहरु बन्द गरेको छ ।

यो अवस्थामा जापानमा आयोजना हुने टोकियो ओलम्पिक २०२१ को तयारीमा रहेका खेलाडीरुले भने सम्बन्धीत निकायसँगको समन्वयमा प्रशिक्षणलाई यथास्थितिमा निरन्तरता दिँदै आएको छ ।

जापानमा यहि वर्षको जुलाई २३ देखि अगस्ट ८ तारेख सम्म सञ्चालन हुने तय भएको ओलम्पिकका लागि अहिलो नेपालमा विभिन्न खेलबाट १२ खेलाडीले बन्द प्रशिक्षणलाई निरन्तरता दिँदै अएका छन् ।

ओलम्पिकको बन्द प्रशिक्षणमा रहेका खेलाडीसँग एनओसीका पदाधिकारीहरु

यस गृष्मकालिन ओलम्पिकका लागि नेपालबाट वाइल्ड कार्डका लागि तयारीमा रहेका १२ खेलाडीमा करातेका अनु अधिकारी र नविन रसाइली, तेक्वान्दोका विर बहादर महरा,सुटिङका शुष्मिता नेपाल र कल्पना परियार, आर्चरीका ज्ञानु अवाले र तिलक पुन मगर, जुडोका ईन्द्र श्रेष्ठ र सोनिया भट्ट, वेट लिफ्टिङका सानु चौधरी र कमला श्रेष्ठ तथा बक्सिङकी मिनु गुरुङ रहेका छन् ।

लाईफ टाइम अचिभमेन्टको रुपमा हेरीने ओलम्पिकमा जुनसुकै हालतमा आफ्नो सहभागीता पक्का गर्ने उदेश्यसहित यि खेलाडीहरु लामो समयदेखी निरन्तर प्रशिक्षणमा रहँदै आएका छन् । उनीहरु वाइल्ड कार्डको पर्खाइमा रहँदा नेपालका अन्य तीन खेलाडी भने ‘यूनिभर्सियालीटी’का आधारमा ओलम्पिकका लागि यसअघि नै छानैट भइसकेका छन् । जसमा स्विमिङबाट गौरिका सिंह र एलेक्स शाह तथा एथ्लेटिक्सबाट गोपी चन्द्र पार्कीको सहभागिता निश्चित भइसकेको छ ।

खेलाडीको तर्फबाट कोरोना महामारीकै बीचमा प्रशिक्षणलाई यथावत रुपमा अघि बढाइएको छ । यस अवस्थामा ओलम्पिकमा सहभागी हुने खेलाडीको तयारीमा कुनै कमी नहोस भनेर नेपाल ओलम्पिक कमिटि (एनओसी) को तर्फबाट हुनुपर्ने कामहरु पनि जारी रहेको एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले मेरोखेल डटकमलाई बताए ।

‘एनओसीले ओलम्पिकमा सहभागी हुने तयारीमा रहेका सबै खेलाडीको तयारी पोखरामा गराउने तयारी गरेको थियो, बीचमै कोरोनाको प्रभाव बढ्यो, कोरोनाको प्रभाव बढेसँगै हामीले अहिले जुन खेलाडी जहाँ छन् त्यहिँ उनीहरुलाई पायक पर्ने ठाउँमा प्रशिक्षण गर्नका लागि सहज हुनेगरी जिल्ला प्रशासान कार्यालयबाट अनुमति पत्र दिलाएका छौं, महासचिव श्रेष्ठले भने,‘कोरोना महामारीकैबीच जापानले ओलम्पिक आयोजना गर्ने निश्चयका साथ अघि बढिरहँदा एनओसी पनि आफ्ना खेलाडीलाई परिस्थिती अनुकुल मनोवल तयार पारी पढाउने तयारी गरिरहेको छ ।’

महासचिव श्रेष्ठका अनुसार वाइल्ड कार्ड मार्फत ओलम्पिकमा सहभागिता जनाउन आर्चरीका दुई जना खेलाडी ज्ञानु अवाले र तिलक पुन मगर यति बेला पोखरा रंगशालामा नै प्रशिक्षणमा व्यस्त छन् ।
यस्तै स्विमिङको प्रशिक्षण झम्सिखेल स्थित लिंकन स्कूल, कराते र शुटिङको सातदोवाटोमा र जुडोको प्रशिक्षण प्रहरी प्रशिक्षण केन्द्र महाराजगञ्जमा सञ्चालन भइरहेको छ ।

सातदोबाटोस्थित शुटिङहलमा प्रशिक्षणमा व्यस्त खेलाडीहरु : तस्विर निरज श्रेष्ठ, एनओसी

खेलाडीको प्रशिक्षणमा निषेधाज्ञाले कुनै समस्या उत्पन्न हुन नदिनका लागि सम्बन्धीत स्थानीय तहको जिल्ला प्रशासन कार्यालयसँग एनओसीले मन्वय गर्दै आएको क्षेष्ठले बताए । वाइल्ड कार्डका लागि एनओसीले अन्तर्राष्ट्रि ओलम्पिक कमिटी (आईओसी) समक्ष माथि उल्लेखित १२ खेलाडीको प्रस्तावनामा पेश गरिएको र सम्भवत सबै खेलाडीले वाइल्ड कार्ड पाएको खण्डमा एनओसीले सबै खेलाडीलाई सुरक्षित रुपमा जापान पढाउने आफ्नो कर्तव्यलाई पूर्ण रुपमा बहन गर्ने महासचि श्रेष्ठ बताउँछन् ।

‘वाइल्ड कार्डका लागि हामीले १२ खेलाडीको नाम आईओसीमा सिफारिस गरेको छौं, सबै खेलाडीले वाइल्ड कार्ड पाओस् भन्ने पक्षमा हामी छौं, त्यसमा खेलाडीको अन्तर्राष्ट्रिय प्रतियोगिताको सहभागीतादेखी लिएर धेरै कुरा निर्भर हुन्छ, श्रेष्ठले भने, ‘क्वालिफिकेशन हुँदै वाइल्ड कार्ड मार्फत नेपालबाट ओलम्पिकमा सहभागि हुने खेलाडीको टुङ्गो जुन अन्तिमसम्मा लाग्ने छ।’

ओलम्पिकमा अन्य खेलहरु पहिलेदेखी नै समावेश हुँदै आएपनि कराते भने पहिलो पटक समावेश हुन लागेको हो । ओलम्पिकमा आईओसीले पहिलो पटक समावेश गर्ने करातेका ८ वटा एभेन्टमात्र खेलाईने बताइएको छ । जसमा महिला तथा पुरुषमा फाइटतर्फ तीन तीन र एक एक काता गरि ८ वटा इभेन्ट रहेका छन् ।

ओलम्पिकमा पहिलो पटक समावेश करातेका लागि आईओसीले खेलाडी कोटा थोरै राखेको छ । त्यस कारण यस वर्षको ओलम्किमा नेपालबाट करातेको सहभागीता रहने सम्भावना ज्यादै न्युन रहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) का अध्यक्ष तथा कराते प्रशिक्षक दिपक श्रेष्ठ बताउँछन् ।

प्रशिक्षक श्रेष्ठका अनुसार आईओसीले करातेका लागि ओलम्पिकमा सहभागि हुने सम्पूर्ण राष्ट्रमध्येबाट पुरुष र महिला गरि चार वाइल्ड कार्ड कोटा मात्र समावेश गर्ने जनाइएको छ । कम वाइल्ड कार्ड कोटाकै कारण पनि नेपालको सम्भावना ज्यादै न्युन रहेको क्षेष्ठ बताउँछन् ।

ओलम्पिकको करातेतर्फको खेलाडी छनौटका लागि आगामी जुन १० र ११ तारेखमा फ्रान्समा क्वालिफेकशन हुने तालिका रहेको छ । क्वालिफिकेशनको प्रदर्शन पश्चात् खेलाडीले वाइल्ड कार्ड प्राप्त गर्नेछन् ।

‘वाइल्ड कार्डका लागि आईओसीले टप ५० सम्मका खेलाडीलाई प्राथमिकता राख्ने नियम छ, प्रशिक्षक श्रेष्ठले भने, तर, हाम्रा खेलाडीहरु सयको हाराहारीमा छन्, त्यसैमाथि खेलाडी कोटा चार जनामात्र रहेकोले पनि यस पटकको ओलम्पिकमा करातेको तर्फबाट नेपालको सहभागिताको सम्भावना कम छ भन्न हामी बाध्य भएका हौं । जुन कुनै खेलाडीको ओलम्पिक खेल्ने सपना हुन्छ त्यो सपना सबैको पुरा हुँदैन, न्युन सम्भावनाका बीच पनि हाम्रा खेलाडी निरन्तर तयारीमा छन्, ओलम्पिकका लागि वाइल्ड कार्ड पाएको खण्डमा उनीहरुले राम्रो खेलेर फर्कनेमा विश्वस्त छु ।’

यस्तै कोरोना महामारीकै कारण खेलाडीहरुले धेरै अन्तर्राष्टिय प्रतियोगीतामा सहभागी हुन नपाएका कारण पनि ओलम्पिकमा नेपालका करातेका खेलाडी सहभागी हुनबाट बञ्चित हुने सम्भावन बढि रहेको श्रेष्ठले बताए ।

यस्तै कोरोना महामारीकै कारण खेलाडीहरुले धेरै अन्तर्राष्टिय प्रतियोगीतामा सहभागी हुन नपाएका कारण पनि ओलम्पिकमा नेपालका करातेका खेलाडी सहभागी हुनबाट बञ्चित हुने सम्भावन बढि रहेको श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :