ओलम्पिक पदक विजेता भारतिय रेसलर सुशील कुमारलाई हत्याको आरोप

दुई पटकका ओलम्पिक पदक विजेता भारतिय रेसलर सुशील कुमारलाई हत्याको आरोप लागेको छ । हत्याको आरोप लागेका सुशील कुमारलाई दिल्ली पुलिसले खोजि गरिरहेको छ ।

सुशीललाई मंगलबार राति छत्रसाल स्टेडियममा भएको झगडामा संलग्न भएको र पूर्व जुनिएर राष्ट्रिय च्याम्पियन सागरको हत्या प्रकरणमा संलग्न भएको आरोप लागेको छ । यसै आरोपमा उनीविरुद्ध मुद्दा समेत दर्ता गरिएको छ । प्रहरीका अनुसार सुशील घटना पछी सम्पर्क बिहिन भएका थिए ।

यो घटना दिल्लीको मोडेल टाउन क्षेत्रको छत्रसाल स्टेडियममा घटेको थियो । सम्पत्तीको विवाद आएपछी सुशीलले सागरको हत्या गरेको बताईएको छ ।

सागर र उसका साथीहरू सुशील कुमारसँगको एउटा घरमा बस्दै थिए र हालसालै उनलाई घर घनीले घर खाली गर्न भनेका थिए । यस कारण, दुई पहलवानहरूको समूह स्टेडियम भित्र एक अर्कासँग झगडामा उत्रिएको थियो ।

सुशील कुमार, अजय, राजकुमार, सोनू, सागर, अमित र अन्य रेसलरहरु पनी झगडामा सम्लग्न भएका थिए । मंगलबार राति भएको सो झगडामा ५ जनाँ घाइते भएका थिए । ती मध्ये एक सागरको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :