विश्व नम्बर एक एश्ले बार्टी म्याड्रिड ओपनको फाइनलमा

विश्व नम्बर एक टेनिस स्टार एश्ले बार्टी म्याड्रिड ओपन टेनिसको फाइनलमा प्रवेश गरेकि छन् ।

अस्ट्रेलियाकी बार्टीले वाइलकार्ड प्राप्त स्पेनकी पाउला बडोसालाई सोझो सेटमा पराजित गरेकी हुन् । बार्टीले बडोसालाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरेकी हुन् ।

क्ले कोर्टमा लगातार १६ जित हात पारेकी ३० बर्षीय बार्टीले २०१९ फ्रेन्च ओपनको उपाधि जिते पछी क्ले कोर्टमा खेलेकि थिईनन् ।

बार्टीले म्याड्रिड ओपनको फाइनलमा बेलारूसकी आर्यना सबलेन्कासँग प्रतिस्पर्धा गर्ने छिन् ।

यस सिजन १० ओटा क्ले कोर्ट म्याच मध्य ९ खेलमा जित हात पारेकी आर्यनाले सेमिफाईलमा रूसीकी विश्व नम्बर ४१ अनास्टासिया पावल्याचेन्कोभालाई ३–६, ६–० र ६–३ को सेटमा पराजित गरेकी हुन् ।

प्रतियोगिताको फाइनल खेल शनिबार खेलिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :