लेवान्डोस्कीको ह्याट्रिकमा बायर्नको फराकिलो जित

जर्मन बुन्डेसलिगा फुटबमा च्याम्पियन बनिसकेका बायर्न म्युनिखले फराकिलो जित हासिल गरेको छ ।

शनिबार राति भएको खेलमा बायर्नले बोरुसिया मन्छेनग्लाडबाखलाई ६-० गोल अन्तरको पराजित गरेको हो ।

बायर्न ७५ औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो। डिफेन्डर तान्गुए निन्जोउले रातो कार्ड खादै मैदानबाट बाहिरीपछि बार्यन १० खेलाडीमा समेटिएको थियो ।

१० खेलाडीमा सिमित बायर्ननलाई घरेलु भुमिमा जित दिलाउन रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गर्दा थोमस मुलर, किङ्स्ले कोम्यान र लोरी सानेले एक एक गोल गरे ।

लेवान्डोस्कीले पहिलो गोल दोस्रो मिनट, दास्रो गोल ३४ औं मिनेटमा र ६६ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै लेवान्डोस्कीले ह्याट्रिक पूरा गरेका हुन् । यस सिजन बुन्डेसलिगामा उनको ३९ औं गोल हो ।

यसैगसी मुलरले २३ औं, कोम्यानले ४४ औं मिनट र सानेले ८६ औं मिनेटमा गोल गर्दै बायर्नलाई ६-० गोल अन्तरको जित दिलाएका हुन् । जितसँगै शीर्ष स्थानको बायर्नले ३२ खेलमा ७४ अंक जोडेको छ ।

मन्छेनग्लाडबाख ४६ अङ्कसहित सातौं स्थानमा रहेको छ ।

यसअघि शनिबार नै भएको खेलमा दोस्रो स्थानको आरबी लाइपजिग बोरुसिया डर्टमण्डसँग ३-२ ले पराजित भएपछि बायर्न च्याम्पियन बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :